कपिलवस्तु पुर्ण खोप सुनिश्तिता घोषणा

185

कपिलवस्तु ३० असार
कपिलवस्तुलाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ । जिल्लामा रहेको १५ महिना देखि ५९ महिना सम्मका सबै बालबालिकाहरु खोपको पहुचमा पुगको प्रतिबेदन प्रस्तुत गदै जिल्लालाई पुर्ण खोप जिल्ला घोषणा गरिएको हो । यससंगै अब लुम्बिनी प्रदेशलाई नै पुर्ण खोप प्रदेश जिल्ला घोषणा गर्न बाटो खुला भएको हो । जिल्ला खोप समन्वय समितिले तौलिहवमा राखेको घोषणा सभामा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले पानसमा दिप प्रज्जवलित गर्दै कपिलवस्तुलाई पुर्ण खोप जिल्ला भएको घोषणा गरे । सो अवसरमा मन्त्री पुनले लुम्बिनी प्रदेश मै बाधक बन्दै आएको कपिलवस्तु अन्ततः पुर्ण खोप जिल्ला घोषणा भएसंगै अब लुम्बिनी प्रदेश पुर्ण खोपकालागि बाटो खुला भएको बताए । उनले असार ३१ गते लुम्बिनी प्रदेशलाई पुर्ण खोप प्रदेश घोषणा गरिने बताए । धेरै ढिला गरी कपिलवस्तु पुर्ण खोप जिल्ला भएको र यस्तो हुनुमा कर्मचारी, जन प्रतिनिधि मात्र नभै जनताहरुले समेत यसको जिम्मेवारी लिनु पर्ने उनले बताए । उनले ढिलै भए पनि कपिलवस्तु पुर्ण खोप जिल्ला घोषणा भएकोमा बधाई दिदै १६ औ चरणको अभियान संपन्न भएको कपिलवस्तुलाई हात्तीपाईलेको समेत निवारण गर्नु पर्ने बताए । कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीले गत बैशाख र जेठमा संचालन गरिएको आईपिभि खोप अभियानमा ४६ हजार ९८६ बालबालिकालाई खोप लगाइएको बिवरण पेश गरे । उनले छुटेका ८ सय ८३ जनालाई खोप लगाइएको र त्यसैका आधारमा जिल्लालाई पुर्ण खोप घोषणा गरिएको बताए । उनले ५९ महिना सम्म अब जिल्लामा कूनै बालबालिका खोपबाट बंचित नभएको बताए । बिभिन्न १३ प्रकारका खोप लगाईने गरिन्छ । जिल्लामा ५ बर्ष मुनिका ६४ हजार ४७१ जना बालबालिका छन । कार्यक्रममा उमेर हद र आफनो स्वास्थ्य अवस्थाले काम गर्न असमर्थ गरेका ७० महिला स्वास्थ्य सेविकालाई गम्छा ओढाई र कदम पत्र प्रदान गरेर सम्मानित गरिएको थियो । मन्त्री पुनले उनीहरुलाई सम्मानित गरेका थिए । अवकास प्राप्त महिला स्वयमसेबिकालाई संघीय सरकारबाट २० हजार र प्रदेश सरकारबाट गरी ७० हजार प्रदान गरिएको स्वास्थय कार्यालय प्रमख चौधरीले बताए । जिल्ला समन्वय प्रमुख बावुराम आचार्यले हरेक क्षेत्रमा पछि परेको कपिलवस्तुलाई बल्लतल्ल पुर्ण खोप जिल्ला घोषणा गरिएको बताए । उनले यसलाई सबै मिलेर दिगोपन राख्नु पर्ने बताए । जिल्ला समन्वय प्रमुख तथा खोप समन्वय समितिका संयोज बावुराम आचार्यको अध्यक्षतामा र पब्लीक हेल्थ नर्स शान्ति भन्डारीको संचालनमा भएको कार्यक्रममा शिवराज नगरपालिकाका मेयर अजय थपा, बिजयनगर गाउपालिका प्रमुख गोपाल थापा सुद्धोदन गाउपालिकाका प्रमुख कमलेश शरण चौधरी, प्रजिअ बिश्व प्रकाश अर्यालल लागयतले मन्तब्य दिएका थिए ।

Leave A Reply

Your email address will not be published.