२१ औं राष्ट्रिय धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) कपिलवस्तुको धान रोपाइँ कार्यक्रम

118

कपिलवस्तु

२१ औं राष्ट्रिय धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) जिल्ला समिती कपिलवस्तुले धान रोपाइँ कार्यक्रम गरेको छ । मायादेवी गाउपालिका वार्ड नं १ सेमरौटीमा माओवादीका केन्द्रिय सचिव तथा पुर्व कृषि मन्त्रि चक्रपाणी खनालले खेतमा धानको विउ रोप्दै रोपाई कार्यक्रम शुरु गरेका हुन ।

पुर्व शाक्य काल देखि नै राजा महाराजाहरुले धान रोपाई कार्यक्रम धुमधामले मनाउने गरेको इतिहास रहेको खनालले बताए । यस्तै गरी कृषि उपजको आयात प्रतिस्थापनको लागि कृषिमा आधुनिकीकरण र ब्यावसायिकरण आवस्यक रहेको खनालले जानकारी दिए ।

तराई को जिल्लाहरु कृषि उपजको भन्डार रहेको यसलाई आधुनिकरण गर्नु पर्ने जिल्ला संयोज विण्णु वेलवासे ले बताए । लुम्विनीमा सवभन्दा बढी धान खेती कपिलवस्तु जिल्लामामा हुने गरेको उनले जानकारी दिए । धान रोपाइँ कार्यक्रम माओवादी केन्द्रका केन्द्रिय सदस्य कमल चुदाँली,जिल्ला इन्चार्ज रुद्र बन्जाडे ,अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का लुम्विनी प्रदेश उपाध्यक्ष नारायण भुषाल , प्रदेश सदस्य मेहम्मद सलिम अन्सारी जिल्ला अध्यक्ष राम वेलास यादव, माओवादी केन्द्र मायादेवी गाउपालिका अध्यक्ष राघवेन्द्र पाण्डे , जिल्ला समिती सदस्य संजय पासी लगाएत उक्त कार्यक्रममा माओवादी केन्द्रका नेता कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.