कपिलवस्तु ५ असार
शिक्षा स्वास्थ्य र कृषिलाई प्राथमिकता दिदै कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १५ औं नगरसभाले आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि रु. १ अर्ब २० करोड ३२ लाख ९६ हजार रुपैयाँ बराबरको कुल आय अनुमान गरी सोही बराबर खर्च गर्ने गरी आय तथा व्ययको अनुमानित बजेट सार्वजनिक गरेको हो । ‘ ख्ुशी नगरबासी संबृद्ध बुद्धभुमी ’ भन्न नारा सहीत नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । सभामा मेयर केशव कुमार श्रेष्ठले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगरका गौरवका योजना तथा अधुरा योजना, सामाजिक आर्थिक तथा पुर्वाधार निर्माणसंगै गुणस्तरीयतामा बृद्धि, कृषि तथा पशु विकासको आधुनिकरण प्रबिधि मैत्री गुणस्तरीय सेवा आत्मनिर्भर र उद्यमशीलतामा जोड र साझेदारीलाई प्राथमिकतामा राखिएको मेयर श्रेष्ठले बताए ।

नीति तथा कार्यक्रममा उत्पादकत्व अभिवृद्धि गर्ने, आन्तरिक रोजगारी प्रवद्र्धन र श्रमको सम्मानमा जोड दिने महत्वपुर्ण योजना सार्वजनिक गरिएको हो । त्यस्तै विपदको सम्बोधन र स्वास्थ्य क्षेत्रको सुधारमा जोड दिने, सामाजिक सुरक्षा तथा संरक्षणको प्रत्याभूति दिलाउने, नगर गौरवका योजना, अधुरा तथा निरन्तर योजनालाई प्राथमिकता दिने, सुशासन अभिवृद्धि गर्ने र समन्वय तथा साझेदारी प्रवद्र्धन गर्ने उद्देश्य सहित नीति तथा कार्यक्रम सार्वजनिक भएका छन् । आगामी आर्थिक बर्ष दमकल खरिदकालागि एक करोड बजेट बिनियोजन गरिएको छ । यस्तै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा समेत बजेट बृद्धि गरिएको छ । संघीय सरकारले बजेट कटौती गरे पनि नगरपालिकामा बजेट केही भए पनि थप गरी बिनियोजन गरिएको मेयर श्रेष्ठले बताए । उप मेयर मीरा थारुले बिनियोजन बिधेयक २०८१ प्रस्तुत गरेकी थिईन । कार्यक्रममा ७ वटा बिधेयक प्रस्तुत गरिएको थियो । आर्थिक ऐन २०८१, दररेट २०८१, स्वास्थ्य सेवा ऐन, भौतिक पुर्वाधार तथा ब्यवस्थापन ऐन रोजगार रणनीति २०८१ देखि २०८५ र बिनियोजित ऐन २०८१ प्रस्तुत गरिएको थियो । बिनियोजन र दररेट उप मेयर थारु र बाकी बिधेयक बिधेयक समितिका संयोजक संदीप कुमार पाण्डेयले प्रस्तुत गरेका थिए । कार्यक्रम र बिस्तृत बजेटको बिवरण आउने असार १५ भित्र सार्वजनिक गर्ने कार्यक्रम छ । कार्यक्रममा प्रमुख प्रशाकीय अधिकृत चुरामणि पंथी, वडाध्यक्षहरु लगायतको सहभागीता थियो । कार्यक्रममा बजेटको कार्यान्वयनमा जोड दिइएको थियो ।