खैरो हेरोईन सहीत ३ जना पक्राउ

57
biddhut

कपिलवस्तुको छुट्टा छुट्टै २ स्थानबाट खैरो हेरोईन सहीत ३ नजा पक्राउ परेका छन । कपिलवस्तु नगरपालिका–९ हरनामपुरस्थित सडकबाट अवैध लागूऔषध खैरो रङको लागूऔषध जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्रामसहित सोही नगरपालिका–९ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । पक्राउ परेको अभियुक्त १८ बर्ष नपुगेकाले परिचय खुलाउन नमिल्ने ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजंग रायमाझीले बताए । पक्राउ परेको अभियुक्त बाणगगा नगरपालिकामा लागु औषधको मुख्य कारोवारी रहेको बताए । उनले सबैकोे साथ र सहयोगले लागु औषधको जालो तोडदै गएको बताए । यसैगरी कपिलवस्तु, बुद्धभूमि नगरपालिका–२ बड्रहरास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्रामसहित बाणगंगा नगरपालिका–८ बस्ने ३४ वर्षीय केशव बलाल समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले लु.९६ प ६३२६ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । पक्राउ परका ३ जनालाई अदालतबाट म्याद थप गरी कारबाही प्रकृया अघि बढाइएको छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.