कपिलवस्तु
गुल्मी अस्पतालबाट सरुवा भई आएका मेसु डाक्टर किशोर बन्जाडेलाई कपिलवसतु अस्पतालमा स्वागत गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष शिवलाल यादव सहीतको टोलीले मेसु बन्जाडेलाई फुलमाला टीका र खादा लगाएका स्वागत गरको हुन । मेसु बन्जाडे गुल्मीमा सरुवा भई ८ महिना मै कपिलवस्तु अस्पताल आएका हुन । मेसु बन्जाडेले कपिलवस्तु अस्पताललाई नमुना अस्पताल बनाउने आफनो योजना रहेको बताए । उनले हाल सम्म संचालन हुन नसकेको डाईलासिस सेवा संचालन गर्ने प्रतिबद्धता ब्यक्त गरे । आफु ८ महिना अघि सम्म यही अस्पतालमा रहेको र सरुवा भई गए पनि हाल सम्म डाईलासिस सेवा सुरु हुन नसेकोमा उनले दुःख ब्यक्त गरे । सबैको साथ र प्रयास रहे चाडै नै अस्पतालमा डाईलासिस सेवा सुरु गर्न आतुर रहेको उनले बताए । आईसियु सेवालाई ब्यवस्थित गर्ने, बिग्रेको अक्सिजन प्लान्ट मर्मत गर्ने र सेवालाई थप प्रभावकारी बनाउने उनले बताए । उनले बिगतमा जस्तै आफुलाई अस्पताल विकास समिति, कर्मचारी परिवार, राजनीतक दल जन प्रतिनिधि, नागरिक समाजले साथ दिने बिश्वास ब्यक्त गरे । उनले सबैसंग समन्वय र सहकार्य गरी काम गर्ने बताए ।
Next Post