कपिलवस्तुका ६ दशमलव ७ प्रतिशत बालबालिकामा देखियो कुपोषण

151

कपिलवस्तु २६ जेठ
कपिलवस्तुका बषौै देखि कुपोषण बिरुद्धको कार्यक्रम संचालन गरिए पनि कुपोषण्को दर भने घटन सकेको छैन । जिल्लामा सुहारा कार्यक्रम अन्र्गत जिल्लाका सबै जसो पालिकामा बिगतमा कार्यक्रम संचालन गरिएको र स्वास्थ्य कार्यालयको आयोजनामा एकीकृत पोषण कार्यक्रम संचालन गरिए पनि पोषणका दर भने घटन सकेको छैन । जिल्लामा कुपोषणको प्रमुख समस्या र चुनौतीकारुपमा देखा परेको छ । कालिका स्वावलम्बन सामाजिक केन्द्रले जिल्लाका ६ पालिकामा गरेको एक अध्ययन अनुसार कुपोषण समस्याकारुपमा देखा परेको हो । कपिलवसतुको तौलिहवामा पोषण मार्फत जीवन रुपान्तरण परियोजनाको सिकाई आदान प्रदान कार्यक्रममा परियोजनाका फिल्ड संयोजक सुर्दशन गौतमले प्रस्तुत गरको प्रतिबेदनले सो कुरा देखाएको हो । सो प्रतिबेदन अनुसार ६ पालिकाका ६ दशमलव ७ प्रतिशत बच्चाहरुमा कुपोषण दखाइएको छ । ६ पालिकाका ६ महिना देखि ५९ महिना सम्मका २८ हजार ८० बाल बालिकामा स्क्रीनिङ गर्दा १ हजार ८८० बालबालिकामा कुपोषण देखाइएको हो । जस मध्ये १ सय २५ बालबालिमा कडा खालको र १ हजार ७५५ बालबालिका मध्ययम खालको कुपोषण देखाइएको छ । सबै भन्दा बढी महाराजगंज नगरपालिकामा ८ दशमलव ६ र सबै भन्दा कम ३ दशमलव २ प्रतिशत बालबालिकामा कुपोषण छ । बिजयनगर गाउपालिकामा ८ प्रतिशत यशोधरा गाउपालिकामा ७ दशमलव ८, मायादेबी गाउपालिकामा ७ दशमलव ३ सुद्धोदन गाउपालिकामा ५ दशमलव ९ प्रतिशत कुपोषण देखिएको छ ।

संयोजक गौतम अनुसार आफुहरुले कुपोषण बिरुद्ध गाउ गाउमा अभियान संचालन गरिए पनि चेतना स्तर र अपनत्व ग्रहण नगर्दा समस्या आएको बताए । सो अवसरमा स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरीले कुपोषण जिल्ला मै प्रमुख ससस्याको रुपमा देखा परेको बताए । उनले कुपोषण कै कारण जिल्लाका धेरे बालबालिकामा समेत रक्त अल्पताको समस्या देखिएको बताए । उनले कुपोषणको अभियान समेत त्यत्ति सफल नभएको र आईरन चक्की बितरण कार्यक्रम समेत खासै प्रभावकारी नभएकाले यस्तो समस्या देखिएको बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमखु बावुराम आचार्यले कपिलवस्तु स्वास्थ्य क्षेत्रमा समेत निकै पछि परकोमा चिन्ता ब्यक्त गरे । उनले कुपोषणको अवस्थामा सुधार ल्याउन पालिकाहरुले ठोस पहल गर्नु पर्ने र अभिभावहरुलाई समेत सचेत गराउनु पर्ने बताए । कार्यक्रममा बिजय नगर गाउपाकिला प्रमुख गोपाल बहादुर थापा र र सुद्धोदन गाउपालिका प्रमुख कमलेश शरण चौधरीले कुपोषण बिरुद्ध प्रभावकारीरुपमा कार्यक्रम अघि लैजाने प्रतिबद्धता ब्यक्त गरे । कुपोषणकारुपमा ख्याउटेनपन, कम तौल र पुडके बालिकाहरु देखिएका छन । ख्याउटेपन भएकाहरुलाई सुपरक क्रियल र आयुआईटि बितरण गरिएका छन ।

Leave A Reply

Your email address will not be published.