बिश्व वातावरण दिवसमा बृक्षारोपण

112

कपिलवस्तु २३ जेठ
हाम्रो भुमी हाम्रो भबिष्य ’ भन्ने मुल नाराकासाथ कपिलवस्तुमा समेत बिश्व वातावरण दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवस कै अवसरमा डिभिजन वन कार्यालय कपिलवस्तुले तौलिहवा स्थित बुद्धपद उमाबिमा शोभनीय प्रजातिका बृक्षारोपण कार्यक्रम गरेको छ । कल्की फुल, धुपी,राजबृक्ष, तेजपत्ता गुलमोहर लगायतका प्रजातिका बिरुवाहरु रोपिएका छन । सो अवसरमा डिभिजन प्रमुख बिजयराज सुबेदीले बिश्वमा अहिले जयवायु परिवर्तनले बिश्वमा धेरै असरहरु देखा परेको बताए । वातावरणलाई बचाउन बृक्षारोपण गर्न उनले आग्रह गरे ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख बावुराम आचार्य, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, प्रजिअ बिश्व प्रकाश अर्याल, प्रहरी उपरिक्षक नवरत्न पौडेल, सशस्त्र प्रहरी उपरिक्षक रामजंग पाण्डेय, जिल्ला समन्वय अधिकारी जर्नादन अधिकारी, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष आजाद अहमद दर्जी , प्रअ बावुराम भन्डारी लगायतको सहभागीता थियो । यस्तै दिवस कै अवसरमा जगदीशपुर ताल क्षेत्रमा समेत बृक्षारोपण गरिएको छ । जगदीशपुर जलायस ब्यवस्थापन बहुसरोकार मंचको अगुावईमा बृक्षारोपण गरिएको मंचका अध्यक्ष ललित गुरुङले बताए । दिवसकै अवसरमा सोही बिद्यालयमा हेल्पीङ हेन्डको सहयोगमा समेत बृक्षारोपण गरिएको छन । उता दिवस कै अवसरमा कपिलवस्तु नगरपालिकाको सहयोगमा कपिलवस्तु सरसफाई केन्द्रको आयोजनामा तौलिहवा बजारमा सरसफाई अभियान संपन्न गरिएको छ । कार्यक्रमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्य, कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, तौलिहवाका ब्यापारी सुरक्षाकर्मीको सहभागीता थियो ।

Leave A Reply

Your email address will not be published.