हावाहुरीले कपिलवस्तुमा ४० लाख बढीको बिद्युत संरचनामा क्षति

347

कपिलवस्तुमा शनिवार साझ आएको हावाहुरीले ४० लाख बढीको बिद्युत संरचनामा क्षति पुगेको छ । शनिवार साझ तीब्र बेगमा आएको हावाहुरीले जिल्लाका दुई बितरण केन्द्रको मातहतमा रहेका संरचनाहरुमा क्षति पुगेको हो । हावाहुरीले बिद्यतु पोल, तार र ट्रान्सर्फरमा क्षति पुगको धेरै स्थानमा बिद्युत समते अवरुद्ध हुने पुगको छ । नेपाल बिद्युत प्राधिकरण तौलिहवा र कृष्णनगर बितरण केन्द्रमा बीस बीस लाख बढीको बिद्यतु संरचनामा क्षति पुगेका जनाएका छन । प्राधिकरण कृष्णनगरका प्रमुख सुशील पौडेलले आफनो क्षेत्रमा पर्ने बिभिन्न स्थानमा रहेका २० लाख बढीको संरचनामा क्षति पुगेको बताए ।

उनले सबै भन्दा बढी महाराजगंज र शिवराज नगरपालिकामा रहेको बिद्युत संरचनामा क्षति पुगेका बताए । ३० मिटरका ९ वटा पोल, २० मिटरका ८ वटा पोल र ३ वटा ट्रान्सफर्मर र २ किलो मिटर तारमा क्षति पुगको पौडेले बताए । हावाहुरीले क्षति पुगको ३ वटै ट्रान्सफर्मर भने महाराजगंज नगरपालिका क्षेत्रका हुन । बिद्युत अवरुद्ध हुने पुगका स्थानमा शनिवार रातिबाटै मर्मतच कार्य जारी रहेको बताए । उनले आशिंक र पुरै बिद्युत आउनेक्रम जारी रहेको उनले बताए । उता तौलिहवा बितरण केन्द्रमा भने ठुला ११ र साना १७ वटा पोलमा क्षति पुगको कार्यालय प्रमुख गौरव पाण्डेयले बताए । तार पोल लगायत बिभिन्न सामाग्री गरी २० लाख बढीको क्षति भएको उनले बताए । यशोधरा गाउपालिका र कपिलवस्तु नगरपालिकामा बढी क्षति पुगको उनले बताए । हावाहुरीका कारण बिभिन्न स्थानमा बिद्युत अवरुद्ध बनेका र बनाउने काम जारी रहेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.