क्याम्पस संचालनका लागि मेयर शाहले गरे १४ कठो भवनको शिलान्यास

162

क्याम्पस संचालनकालागि कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ९ बहादु्रगंज स्थित रामगोर्खा उमाबिमा सोमवार १४ काठे. भवनको शिलान्यास गरिएको छ । मेयर रजत प्रताप शाहले पुजापाठ गरी जगमा ईटा हालेर भवनको शिलान्यास गरेका हुन । सो अवसमरा मेयर शाले रामगार्खा उमाबिमा क्याम्पस संचालनकालागि आफुहरुले भवन निर्मााणको काम अघि बाढएको बताए । यस भेगका बिपन्न परिवारहरु आफनै पालिकामा उच्च शिक्षा हासिल गर्न पाउनकालागि काम अघि बाढएको उनले बताए । उनले नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । संघीय सरकारको राष्ट्रीय योजना आयोग र कृष्णानगर नगरपालिकाको सहयोगमा ३ करोड ९८ लाख १५ हजार ५८ रुपैया लागतको भवन निर्माण सुरु गरिएको ईन्जीनीय प्रदिप चौधरीले बताए । बालारुपीब बी थ्री लम्ही दाङले भवन निर्माणको ठेक्का पाएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा वडा अध्यक्ष सतीश गौतम प्रधानाध्यापक प्रदीप सिंह,निर्भय सिंह श्रवण कुमार मिश्र प्रविधिक प्रदीप चौधरी नियाजÞ बाबू मौर्य लालाको सहभागीता रहेको थियो । सो अवसरमा प्रअ सिंहले निर्माण हुने भवनले क्याम्पस संचालनका लागि सहज हुने बताए ।

Leave A Reply

Your email address will not be published.