भैरहवामा हुने वाई वाई कप अन्डर नाईन्टीन टी ट्वान्टी क्रिकेट प्रतियोगीताको छनौट खेल तौलिहवाको बुद्धपद उमाबि खेल मैदानमा संपन्न भएको छ । सिजी ग्रुपको सहयोगमा जिल्ला क्रिकेट संघको आयोजनामा २ दिने खेलाडी छनौट खेल संपन्न गरिएको हो । खेलमा ४ समुहका चार दर्जन बढी खेलाडी सहभागी थिए ।

संघका उपाध्यक्ष तथा खेलाडी छनौट समितिका संयोजक बिश्वेन्द्र सिंह रावलले दुई दिन सम्म चार समुह बनाई खेल खेलाइएको बताए । खेलाडीले गरेको प्रर्दशनका आधारमा १४ जना खेलाडी छनौट गरिने उनले बताए । संघका जिल्ला अध्यक्ष प्रकाश गैरेले अहिले क्रिकेटको क्रेज बढेको र खेलाडीहरु छनौटमा उत्साहजनकरुपमा सहभागी भएको बताए । उनले आफुहरुले राम्रो खेलाडी छनौट गरी पठाउने बताए । खेलाडीको अन्तिम छनौट नामावली भने आईतावार प्रकाशित गर्ने उनले बताए ।