अग्नी पीडीत ३९ परिवारलाई खाद्यान्न सामाग्री

319
biddhut

कपिलवस्तु १५ जेठ
कपिलवस्तुको मायादेबी गाउपालिकामा अग्नी पीडीत ३९ परिवारलाई राहत सामाग्री प्रदान गरिएको छ । एक महिना अघि पालिकाका बिभिन्न ७ वडाका गाउमा आगलागी हुदा धनमाल क्षति भएर पीडीत बनेका परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । लिडा नेपालको सहजीकरण र कतार च्यारेटीको सहयोगमा ती परिवारलाई खाद्यान्न सामाग्री प्रदान गरिएको हो ।

dengu 3 1

गाउपालिकाका प्रमुख वलीउद्दीन मुसलमानको प्रयास पछि ती पीडीत परिवारलाई राहत बितरण गरिएको हो । गाउपालिका प्रमुख मुसलमानले राहत सामग्री पीडीत परिवारलाई हस्तान्तरण गरेका थिए । प्रति परिवार जिरा मसिनो चामल २५ केजी, सुर्यमुखी तेल ५ लिटर, चना ३ केजी, चिनी २ केजी, नुन १ केजी र पीठो ५ केजीका दरले राहत प्रदान गरिएको थियो । सो अवसरमा प्रमुख मुसलमानले पीडीतहरुको साथमा पालिका रहेको र उनीहरुलाई थप राहत र सुबिधाकालागि गाउपालिका प्रतिबद्ध रहेको बताए । कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष राघबेन्द्र पाण्डे र वडा नम्बर ८ का अध्यक्ष मुस्ताक अहमद र सरफुद्दीन मुसलमान समेतको सहभागीता थियो ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.