लायन्स क्लब अफ कपिलवस्तु प्राचीनको अध्यक्षमा कसौधन

69
biddhut

लायन्स क्लब अफ कपिलवस्तु प्राचीनको अध्यक्षमा सन्तोष कुमार गुप्ता कशौधन निर्बिरोध निर्वाचित भएका छन । कपिलवस्तुको तौलिहवामा भएको तेश्रो अधिबेशनबाट कसौधनको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति निर्बिरोध निर्वाचित भएका हुन । उपाध्यक्षहरुमा भगवानदास अग्रहरी, कस्तुरा सिग्देल, मुख्तार अहमद खा निर्वाचित भएका छन । सचिवमा ईन्दिरा देवकोटा, सह कोषाध्यक्षमा कमला भन्डारी तथा सदस्यहरुमा मोहोम्द मुस्तफा, अम्बर कसौधन, प्रभाकर चौहान, सबिता श्रेष्ठ र चन्द्रशेखर गुप्ता निर्वाचित भएका छन । कार्य समितिको कार्यकाल एक बर्ष हुनेछ । आउने साउनमा नव निर्वाचित कार्य समितिको पदभारग्रहरण गरिने वर्तमान अध्यक्ष राजशे ज्ञवालीले बताए ।

dengu 3 1

तेश्रो सधारण सभाको उदघाटन कपिलवस्तु मेयर्स क्लवका अध्यक्ष तथा बुद्धभुमी नगरपालिका मेयर केशव कुमार श्रेष्ठले गरेका हुन । सो अवसरमा मेयर श्रेष्ठले क्वलले गर्ने रचनात्मक काममा आफुहरुको सहकार्य र समन्व हुने बताए । उनले सामाजिक काममा क्लवले राम्रो काम गरेको भन्दै प्रशंसा समेत गरे । कार्यक्रममा कपिलवस्तु नगरपालिकाक मेयर सुदीप पौडल, शिवराज नगरपालिकाका मेयर अजय थापा, मायादेबी गाउपालिका मेयर वलीउद्दीन मुसलमान, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, बुद्धभुमी नगरपालिका वडा नम्बर १ का अध्यक्ष तिलक बस्नेत, क्वलका सस्थापक अध्यक्ष रबिन्द्रनाथ ठाकुरले शुभ कामना मन्तब्य दिएका थिए । सो अवसरमा क्वलका शभ्भु सैनीले संस्थाको प्रगति प्रतिबेदन पेश गरेका थिए । क्वललाई बुद्धभुमी र कपिलवस्तु नगरपालिकाले कार्यक्रमकालागि सहयोग गरेको अध्यक्ष ज्ञवालीले धन्यबादज्ञापन गरेका थिए । कार्यक्रम क्वलका अध्यक्ष ज्ञवालीको अध्यक्षता र ईन्दिरा देवकोटको संचालनमा भएको थियो ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.