कपिलवस्तुको यशोधरा गाउपालिका वडा नम्बर १ पकडीमा अग्नी पीडीत ६५ बालबालिकालाई स्कुल ब्याग सहीत स्टेसनरी बाडिएको छ । लायन्स क्ल अफ प्राचीन कपिलवस्तु र माहुरी होमको पहलमा उनीहरुलाई उक्त सामाग्री बाडिएको हो । प्रत्येक बालबालिकालाई झोला, कापी , डाटपेन, ज्यामेट्री बक्स सहीतको सेट बाडिएको हो । प्रदेश सांसद सुधाकर पाण्डे लायन्स क्लब इन्टरनेसनल ३२५ पी का गर्भनर मोहन मान सैंजु नव निर्बाचित गर्भनर पुरुषोत्तम मान प्रधान निर्बाचित भ्वाइस गर्भनर बालकृष्ण भट्टराई यशोधरा गाउँ पालिका का अध्यक्ष शिवदयाल तिवारीले बालबालिकालाई उक्त सामाग्री हस्तान्तरण गरेका थिए । कार्यक्रम लायन्स क्ल अफ प्राचीन कपिलवस्तुका अध्यष राजेश ज्ञवालीको अध्यक्षतामा भएको थियो । एक महिना अघि पकडीमा आगलागी हुदा ४५ घर जलेर नष्ट भएको थियो ।