कपिलवस्तु
मायादेबी गाउपालिकाका भौतिक पुर्वाधार शाखाका प्रमखु ईन्जीनीयर सुनिल आचार्यले प्रशासन कार्यालय, गाउपालिका लगायतका बिभिन्न निकायमा कामकाज गर्न असमर्थन रहेको भन्ने ब्यहोराको निबेदन प्रति गाउपालिकाको गंभीर ध्यानाकषर्ण भएको जनएको छ । गत बैशाख २० गते इन्जनीयर आचार्यले प्रशासन, गाउपालिका र बिभिन्न अनलाईन खबरमा निबेदन दिनुको साथै समाचार समेत प्रकाशित गराएका थिए । गाउपालिका अध्यक्ष वलीउद्दीन मुसलमानले बिज्ञप्ती निकाल्दै ईन्जीनीयर आचार्यले बैशाख १८ गते त्यस बिषयमा गाउपालिका अध्यक्षलाई लिखित जानकारी गराएकोमा सो बिषयमा बैशाख २१ गते गाउपालिकामा छलफल गरिएको जनाइएको छ । सो छलफलमा ईन्जनीयर आचार्यले गाउपालिका अध्यक्ष, पुर्व सल्लाहकार माथी लगाएका आरोप मिध्या, कलोकल्पीत रहेको र निजको कार्यले सिंंगो गाउपालिकालाई बदनाम गराएको तथा आचारसंहीत र अर्यादीत काम गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । वडा नम्बर ५ का अध्यक्षले बनाएको लगत ईस्टीमेटर केरमेट गरेको र वडाध्यक्षमाथी नै ईन्जीनयि आचार्यले दुब्र्यवहार गरेको जनाइएको छ ।

सो बिषयमा बुझन खोज्दा आचार्यले उल्टै गाउपालिका अध्यक्षमाथी नै ठाडो शब्द प्रयो गरेको तथा आचार्यले दिएको निबेदन उपर कार्यपालिका बैठकमा निर्णय समेत भएको छ । आफनो पदीय मर्यादा बिपरित आफुले गर्नु पर्ने काम नगरी बिभिन्न अनलाईनलाई समाचार प्रकाशित गर्न भनेको प्रति गाउपालिको खेद समेत प्रकट गरेको छ । अग्रपंक्तिमा रहेका काम गर्ने कर्मचारीलाई भय र त्रासमुक्त भई काम गर्न समेत गाउपालिकाले आग्रह गरेको छ ।