बिजयनगर गाउपालिका पहिलो पुर्ण खोप दिगोपन सुनिश्चित घोषणा हुदै

124

कपिलवस्तु २३ बैशाख
कपिलवस्तुको बिजयनगर गाउपालिकालाई जिल्ला कै पहिलो पुर्ण खोप दिगोपन सुनिश्चित गाउपालिका घोषणा गरिने भएको छ । जिल्ला खोप समन्वय समितिले गाउपालिकामा रहेका सबै वडाहरु खोप सुनिश्चित भई सके पछि बिजयनगरलाई पुर्ण खोप दिगोपन सुनिश्चित गाउपालिका घोषणा गर्ने निर्णय गरेको हो । बिजयनगर गाउपालिकाले भब्य कार्यक्रमका बिच बशाख २६ गते १५ शैथ्याको नव निर्मित अस्पतालको उदघाटन सहीत गाउपालिकालाई पुर्ण खोप सनिश्चित गाउपलिका घोषणा गर्ने तयारी गरेको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवामा बसेको समितिको बैठकले सो बिजयनगर गाउपालिकालाई पुर्ण खोप दिगोपन सुनिश्चित गाउपालिका घोषणा गर्ने निर्णय गरको स्वास्थ्य कार्यालयका खोप अधिकृत दिवकार महर्जनले बताए । बैशाख २१ गते खोप समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमखु बावुराम आचार्यको अगुवाईमा सो पालिकाको ३ वटा वडामा अनुगमन गरेको थियो । वडा नम्बर १, ३ र ६ मा गरेको अनुगमनमा १६ महिना देखि ५९ महिनाका सबै बालबालिकाहरु खोपको पहुचमा पुगेको भेटिए पछि समितिले गाउपालिकालाई खोप सुनिश्चि पालिका घोषणा गर्ने निर्णय गरेको संयोजक आचार्यले बताए । मापदन्ड अनुसार कुनै पनि बालबालिका खोपबाट नछुटेको आचार्यले बताए । जन्मे देखि ५९ महिना सम्मका बालबालिकाहरुलाई बिभिन्न १३ प्रकार खोप लगाउने गरिएको छ ।

यस्तै समितिले जिल्लालाई आगामी जेठ महिना भित्र पुर्ण खोप दिगोपन सुनिश्चिता घोषणाकालागि सबै तयारी पुरा गर्ने समेत निर्णय गरेको छ । सो अवसरमा प्रजिअ बिश्व प्रकाश अर्यालले जिल्लालाई स्वास्थ्य क्षेत्रमा अघि बढाउनु पर्ने बताए । उनले जिल्लामा निरन्तर अभियान संचालन आवश्यक रहेको बताए । नेपालमा ४ प्रतिशत बालबालिका अझै सम्म खोपको पहुच बाहिर रहेको छ । यस्तै १६ प्रतिशत बालबालिका खोपबाट ड्रप आउट छन । नेपाललाई सन २०२६ भित्र पुर्ण खोप सुनिश्चित घोषणा गर्ने सरकारको लक्ष्य छ । पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली उदघाटन कार्यक्रममा आउने तय भएको गाउपालिका अध्यक्ष गोपाल थापाले बताए ।

Leave A Reply

Your email address will not be published.