३८० विपन्न परिवारलाई ग्यास सिलेन्डर वितरण

202

कपिलवस्तु नगरपालिका वडा नं १२ वडा कार्यलयले ३८० घरधुरीका विपिन्न परिवारलाई ग्यास सिलेन्डर वितरण गरिएको छ । वडा भित्र रहेका बिपिन्न गरिव हरुको पहिचान गरि उनीहरुलाई ग्यास सिलेन्डर वितरण गरिएको हो । ग्यास वितरणले गर्दा आफु धेरै खुशी भएको विमलावती अहिरीन बताउन्छीन । घरको आर्थिक स्थिती राम्रँो नभएको कारण आफुले चुलोमा दाउरा ,कण्डा बाट खान पकाउदा धुवाले गर्दा आखामा र छातीमा समस्या भैरहेको अहिरीनले बताईन । अव ग्यास सिलेन्डर बाट खान पकाउने पक्का भए पछि उनलाई खुशीको सिमा नरहेको उनले बताईन ।

यस्तै गरी ग्यास सिलेन्डर पाए पछि आफुलाई यो गर्मीमा चुलोको छेउमा बसेर खाना पकाउन नपर्ने भए पछि नफिसा खातुनले खुशी पोखिन । ८ जनाको परिवार रहेको र सवैलाई चुलोमा खाना पकाउदा धुवा गर्मी संगै समय पनि धेरै लाग्ने हुदा अव उपरान्त त्यो समस्या नहुने हुदा उनी खुशी हुदै ग्यास सिलेन्डर लिएर घर तिर लागिन ।

विपन्न परिवारका महिलाहरु लाई यसरी ग्यास सिलेन्डर वितरण गर्नु सरणिय काम भएको पुर्र्व मन्त्रि सुरेन्द्र आर्चयले बताए । अहिले आगलागीको वेला चुलोमा खान पकाउदा आगलागी को जोखिम बढी हुने हुदा सिलेन्डर वितरण कार्यले आगलागीको जोखिम न्युन रहने आर्चले बताए । ग्यास सिलेन्डर वितरणले घरेलु महिलाहरु लाई खान पकाउन धेरै सहज हुने र तिनीहरु लाई धुवा गर्मी धुलो बाट पनि छुटकार पाएको नगर प्रमुख सुदिप पौडेलले बताए । यस्तो कार्यक्रम धेरै राम्रो रहेको हुदा यस्तौ कार्यक्रम लाई थप हौसाल दिनु पर्ने अरु वडाहरुले पनि आफ्ना वडामा यस्ता कार्यक्रम राख्नु पर्ने पौडेलले जोड दिए । आफ्नो वडामा धेरै महिला हरु घरमा खाना पकाउदा आखाको समस्या भोग्न बाध्य रहेको हुदा गरिव घरपरिवारलाई छनौट गरि ग्यास सिलेन्डर वितरण गरिएको वडा अध्यक्ष इन्सान अलि धुनियाले बताए । उनी हरु ले घरमा कण्डा (भैसीको गोवर)ले चुलोमा खान पकाउदा धुवाले आखाको समस्या हुने हुदा समस्या हल गर्नको लागी ग्यास सिलेन्डर वितरण कार्यक्रम गरिएको धुनीयाले बताएका छन ।

Leave A Reply

Your email address will not be published.