कपिलवस्तु १७ बैशाख
कपिलवस्तुको तौलिहवामा एएचएफ परियोजना सल्लाहकार समितिको बैठक संपन्न गरिएको छ । सो अवसरमा जिल्ला समन्वय प्रमुख बावुराम आचार्यले एचआईभि संक्रमणको न्युनीकरणकालागि सचेतना बढाउनु पर्ने बताए । उनले संक्रमितको उपचार र आयआर्जनकालागि तिनै तहका सरकारले बिशेष कार्यक्रम ल्याउनु पर्ने बताए । बैठकमा गैसस महासंघकी प्रदेश अध्यक्ष सुशीला बेल्बासेले एचआईभि संक्रमितहरुको उपचार आयआर्जन र संक्रमित बालबालिकाहरुको पठनपाठनमा सहयोग गर्नु पर्ने बताईन । उनले संक्रमितहरु अझै पनि खुलेर आउन नसकेको भन्दै यसका लागि सबैले वातावरण निर्माण गर्नु पर्ने बताईन । सो अवसरमा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्यालले नगरपालिकाले एचआईभि संक्रमितकालागि हरेका बर्ष बजेट बिनियोजन गरी कार्यक्रम संचालन गरेको बताए । बैठकमा परियोजनाकी संयोजक कुसुम थापाले परियोजनाको उपलब्धी र सेवा बारे जानकारी गराएकी थिईन । एएचएफले कपिलवस्तु अस्पतालको एआरटि सेन्टरमा आफनो कार्यालय स्थापना गरी बिगत ६ बर्षदेखि एचआईभि संक्रमितको उपचारमा सहयोग पुर्याउदै आएको संयोजक थापाले बताईन । सन २०२३ को जनवरी देखि डिसेम्बर सम्म ४ सय ७५ जनाले सेवा लिएका छन । त्यस मध्ये १ सय ९९ जनाालई परियोजनाबाट आतेजाते यातायात खर्च , ६ जनाले ल्याब परिक्षणक्ष शुल्क, २२ जना संक्रमितले पोषण सहयोग तथा ३५ जनाले औषधी खरिदमा सहयोग पाएका छन । बैठकमा नगरपालिकाका शिक्षा शाखाका प्रमुख हरि प्रसाद अर्याल, कपिलवस्तु अस्पतालका मेसु बिपिन जैसवाल सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ लगायतको सहभागीता थियो ।