अवधी लोककला गोष्ठी तथा प्रशिक्षण कार्यक्रम कपिलवस्तुको तौलिहवा सुरु भएको छ । नेपाल ललित कला प्रज्ञा प्रतिस्ठान लोककला बिभागद्धारा आयोजित कार्यक्रमको संयोजन शिक्षा तथा संस्कृति प्रबद्र्धन केन्द्रले गरेको हो । पेन्टीङ गरी कार्यक्रमको उदघाटन गर्दै कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले अवधी संंस्कुति कलालाई संरक्षण र प्रबद्र्धृन गनु पर्ने बताए । उनले पुस्तौ देखि चली आएको रीति रिबजा परम्परा कला सस्कृति जर्गेना गर्ने दायित्व समेत सबैको रहेको उनले बताए । उनले कला सस्कृतिको विकास र प्रबद्धृनमा आफनो पालिका सहकार्य गर्न तयार रहेको बताए । बिभागका प्राज्ञ प्रदीप अपधकारीले स्थानीय कला संस्कृतिको जर्गेना र संरक्षणकालागि प्रशिक्षण गरिएको बताए ।

उनले नया पुस्तालाई चली आएको परम्परा बारे अवगत गराई तिनीहरुलाई समेत त्यसमा सरिक गराउन कार्यक्रम गरिएको बताए । कार्यक्रममा अवध कलाका बिज्ञ बिक्रमािण् त्रिपाठीले अवधी कला सम्बन्धी कार्य पत्र समेत प्रस्तुत गरेको थिए । पशुपतिमणि त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक अगुवा रमेश शर्मा रबि ठाकुर रामदयाल ठाकुर गैसस महासंघका अध्यक्ष जय प्रकाश पाण्डेय, रामशरण रैदास लागायतले मन्तब्य दिएका थिए । प्रशिक्षणका दुई जना सहभागी रहेका छन । प्रशिक्षण ३ दिन सम्म चल्नेछ ।