कपिलवस्तुमा एसईइ ( माध्यमिक शिक्षा परिक्षा ) उत्तर पुस्किाको परिक्षण कार्य सुरु गरिएको छ । शुक्रवार देखि तौलिहवा स्थित शिक्षा तथा समन्वय ईकाई कपिलवस्तुको कार्यालयमा पुस्तिाका परिक्षण सुरु भएको हो । शुक्रवार ४० बढी शिक्षकहरु परिक्षण कार्यमा सरिक रहेको ईकाका शिक्षा अधिकृत अर्जुन कुवरले बताए । बैशाख भित्रै जाच कार्य संपन्न गर्ने योजना रहेको उनले बताए । नियमित र ईक्जामटेड गरी झन्डै ५० हजार उत्तर पुस्तिका परिक्षणका कालागि आएको छ । उत्तर पुस्तिकाको परिक्षण पछि सम परिक्षण समेत गरिनेछ । प्रति उत्तर पुस्तिका २५ र सम परिक्षण गर्नेलाई प्रति उत्तर पुस्तिका बापत १० रुपैया पारिश्रमिक पाउने कुवरले बताए ।