कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सिवकोटवा गाउको २९ घरको खानेपानी नलमा ईलोली ( दिशाजन्य पदार्थ ) भेटिएको छ । एक साता अघि सो गाउमा झाडा पखाला फैलिएको थियो । त्यस मध्ये २ जनाको एन्टीजेन परिक्षण गर्दा एक जनाको हैजाको पोजेटिभ केस देखिएको थियो । त्यसको केही दिन पछि सो गाउको ७४ घर धुरीको १ सय ३३ नलको खानेपानीको नमुना परिक्षण गर्दा २९ नलको खानेपानीमा ईकोली भेटिएको नगरपालिकाका स्वास्थय शाखा प्रमुख उमेश गुप्ताले बताए । गत असारमा जिल्लाको ८ पालिकाको बिभिन्न १ सय ४ स्थानको लिइएको खानेपानी परिक्षणमा १५ वटामा ( साढे १४ प्रतिशतमा ) ईकाली भेटिएको थियो । पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिन्छ । शिवकोटवामा जाच गरिएको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको हो । ढाई बर्ष अघि जिल्लाको कृष्णनगर महराजगंज, मायादेबी लगायतका स्थानमा झाडा पखालाको प्रकोप फैलिदा ५ जना बढीको मृत्यु भएको थियो । सिवकोटवामा हेन्ड पम्पको पानीको कालिका सामाजिक विकास केन्द्रको सहयोमगा परिक्षण गरिएको थियो । इकोलीले हैजा, झाडापखाला, टाइफाइड जस्ता दुषित पानीजन्य सरुवा रोग फैलन सक्ने भएकोले समयमै पानी शुद्धिकरण सम्वन्धी सचेतनामूलक क्रियाकलापहरु सञ्चालन गर्नु पर्ने स्वास्थयकर्मी बताउछन । सिवकोटवामा सङ्क्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउनाका साथै पानी शुद्धीकरण गरी पिउनु पर्ने उनीहरु बताउछन । सिवकोटवामा दुई दर्जन स्वास्थ्यकर्मीको टोली परिचालन गरी जीवनजल साबुन, मास्क समेत बितरण गरिएको स्वास्थ शाखा प्रमुख उमेश गुप्ताले बताए । एन्टीजेन परिक्षणमा पोजेटिभ देखिएका एक जनाको अन्तिम परिक्षणमा भने नेगेटिभ देखिएको उनले बताए । तर उनीमा डेङ्गुको भने पोजेटिभ देखिएको उनले बताए । प्रमुृख प्रशाकीय अधिकृत गणेश अर्यालले पुरानो नगर भित्र कै खानेपानीमा ईकोली भेटिनु दुःखद कुरा भएको बताए । उनले नगरबासी सचेत हुनु पर्ने र सरफाईमा ध्यान दिनु पर्ने बताए । मेयर सुदीप पौडेलले सिवकोटवा सहीत नगर भित्र सरसफाईको बिशेष कार्यक्रम संचालन गरिने बताए । उनले नगरबासी समते आफै सचेत हुनु पर्ने उनको भनई छ । पानी उमालेर मात्र पिउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।