कपिलवस्तुको तौलिहवामा दिवंगत १० जना पुर्व क्रिकेट खेलाडीको स्मृतिमा गरिएको टि ट्वान्टी क्रिकेट प्रतियोगीता वडा नम्बर २ ले जितेको छ । जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रतियोगीता वडा नम्बर १ लाई १० रनले पराजित गर्दै वडा नम्बर २ ले जितेको हो । वडा नम्बर २ ले मेयर कपको बदला लिर्दै यस पटक प्रतियोगीता जितेको हो । जितसंगै वडा नम्बर २ ले नगद ३० हजार र कप हात पारेको छ । यस्तै वडा नम्बर १ उप बिजेता हुदै नगद १५ हजार पाएको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको वडा नम्बर २ ले निर्धारित २० ओभरमा सबै विकेट गुवाई १ सय ५ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको वडा नम्बर १ निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा ९५ रन मात्र बनाउन सकेको थियो । वडा नम्बर २ का शिव कुमार मौर्यले २६ र सरफुद्दीनले १६ रन बटुले । वडा नम्बर २ का राम निवास यादवले ४ विकेट लिए । वडा नम्बर १ का दिपक डफाली र सतेन्द्रले दुई दुई विकेट लिए । वडा नम्बर १ का राज अग्रहरीले २९ र रियाज फकीरले १६ रन बनाए । ४ विकोट लिएका वडा नम्बर २ का यादव मैन अफ द म्याच घोषित भए । प्रतियोगीतामा वडा नम्बर २ का ३ बिकेट र ७७ रन जाडेका शिव कुमार मौर्य घोषित भए । यस्तै ८ बिकेट लिएका मनिक गुप्ता बेस्ट बलर र रियाज फकीर ब्याट्समैन भएका थिए । बिजयी खेलाडीहरुलाइ कप मेडल प्रमाण पत्र लुम्बिनी प्रदेशका सदस्य सुधाकर पाण्डेय र कपिलवस्त नगरपालिका मेयर सुदीप पौडेलले प्रदान गरेका थिए । सो अवसरमा प्रदेश सदस्य पाण्डेयले यस्ता प्रतियोगीताले खेलाडीले अवसर पाउनुका साथै प्रतिभाको समते बिकास हुने बताए । उनले खेल क्षेत्रको विकासमा तीनै तहका सरकारले बजेट बढाउदै लानु पर्ने बताए । सो अवसरमा मेयर पौडेलले क्रिकेट खेलको नेपालमा क्रेज बढेको बताए । उनले संघले समेत क्रिकेट खेलको विकासकालागि खेलको आयोजना गर्नु राम्रो काम भएको र नगरपालिकाको समेत यसमा साथ हुने बताए । सो अवसरमा संघका जिल्ला अध्यक्ष प्रकाश गैरेले क्रिकेट खेलको विकासकालागि संघले हरेक बर्ष क्रिकेट खेल गर्ने गरेको बताए । उनले क्रिकेटका विकासकालागि सबैले लगानी बढाउनु पर्ने बताए । संघका जिल्ल अध्यक्ष गैरेको अध्यक्षतामा भएको कार्यक्रममा कपिलवस्तु वडा नम्बर का अध्यक्ष मोहोम्द जाहिद खा वडा नम्बर ४ का अध्यक्ष रबिन्द्र तिवारी तौलिहवा उद्योग बाणिज्य संघका उपाध्यक्ष संदीप श्रीवास्त लगायतको सहभागीता थियो । प्रथम हुनेलाई ३० रकम नगरपालिका शिक्षा अधिकृत युवराज भुसालले आफनो बुवाको स्मुतिमा दिएका थिए । प्रतियोगीतामा ६ वटा टिम सहभागी थिए ।