जातिय र रंगभेद उन्मुलन दिवसमा ४२ उत्कृष्ट जोडीलाई सम्मान

82

५९ औ अन्तर्राष्ट्रिय जातिय बिभेद तथा रंगभेद उन्मुलन दिवसको अवसरमा कपिलवस्तुका ४२ श्रीमान श्रीमितको उत्कृष्ट जोडीलाई सम्मानित गरिएको छ । दलित सामाजिक विसका केन्द्रले दिवसको अवसरमा कपिलवस्तु नगरपालिका– ५ डगरीमा राखेको अन्तरक्रिया कार्यक्रममा उनीहरुलाई दोसल्ला सहीत प्रेसर कुकर प्रदान गरी सम्मानित गरिएको हो । संस्थाद्धारा संचालित जीवन सुधार परियोजना अन्र्गत गठन भएका ३२ समुहका जोडी र हाम्रो पहुच परियोजनाका १० जोडीलाई सम्मानित गरिएको थियो । आफनो घरमा कुनै बिभेद नगरी छोरा छोरीलाई समान ब्यवहार गरेको, भेदभाव नगरेको र श्रीमान श्रीमति समेत मिलेर बसेको जोडीलाई सम्मानित गरिएको संस्थाको निर्देशक रामशरण रैदासले बताए । जिल्ला समन्वय समितिकका उप प्रमुख रमेश कुर्मीले जोडीलाई सम्मानित गर्दै कलंककारुपमा रहेको जातिय बिभेदलाई जरै देखि उन्मुलन गर्नु पर्ने बताए । उनले जातपातका कारण अझै पनि समाजमा धेरे समस्याहरु उत्पन्न भएकाले यसलार्र्इं निर्मुल पार्न सबैले प्रयास गर्नु पर्ने बताए । पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले अझै पनि समाजमा जायित बिभेद र छुवाछुत कायम रहेकोले यसलाई हटाउन समाजका अगुवाहरु नै अग्रसर हुनु पर्ने बताए । उनले जातिय बिभेद गर्नेलाई कानुन अनुसार कारबाही गर्नु पर्ने र समाजमा सचेतनाको कार्यक्रम लानु पर्ने बताए । कार्यक्रममा संस्थाका निर्देशक रामशरण रैदासले कार्यपत्र समेत प्रस्तुत गरेको थिए । संस्थाकी अध्यक्ष सुरजमति पासीको अध्यक्षताम, रिखीराम निगमको संचालनमा भएको कार्यक्रममा गैसस महासंघका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेय, पालिका वडाध्यक्षहरु लगायतले शुभकामना मन्तब्प दिएका थिए ।

b 4
Leave A Reply

Your email address will not be published.