तरकारी उत्पादन मै अब्बल मानिएको कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० का अगुवा महिला कृषकलार्ई स्प्रे ट्याङ्की उपलब्ध गराइएको छ । वडा कार्यालयले वडा भित्र लामो समय देखि ब्यवसाियक तरकारी खेतीमा लागेका १० महिला कृषकलाई ट्याङ्की उपलब्ध गराएको हो । अगुवा महिला कृषकहरुलाई प्रोत्साहीत गर्न आफुहरुले वडाले उनीहरुलाई सम्मान स्वरुप ट्याङकी उपलब्ध गराइएको वडा अध्यक्ष संदीप कुमार पाण्डेयले बताए ।
आफनो वडामा पुरुषहरुसंगै महिलाहरुले समेत ब्यवसायिक तरकारी खेती गरेर मनग्य आम्दानी गर्दै आएको उनले बताए । ‘ तरकारी खेतीमा महिलाहरु पनि सकृयरुपमा लागको छन, त्यसैको सम्मानकालागि उनीहरुलाई यो सामाग्री उपलब्ध गराइएको हो ’ उनले भने । महिला कृषकहरुले उत्पादन गरेका तरकारीहरु जिल्लाका बिभिन्न हाट बजार र जिल्ला बाहिर समेत निकाशी गर्ने गरिएको छ । अगुवा कृषकहरु निर्मला देबी पासी, सबिना केवट, राजमति खरबिन्द, सकरुन निशा धोबी, शीला केवट, ईनरमती पासी, सोहबाती गुप्ता, छुब्बी केवट, सत्यभामा केवट, अकालमती धोबीले स्प्रे ट्याङकी पाएका छन । स्प्रे ट्याङकी पाए पछि उनीहरु हर्षित बनेका छन । आफुहरुको मिहीनेत र परिश्रमलाई वडाले सम्मान गरको भन्दै उनीहरु खुशी बनेका छन । स्प्रे ट्याङकी बिषादी छर्न प्रयोग गरिन्छ ।