पुर्व बरिष्ठ प्रहरी उपरिक्षक बिक्रम सिंह थापाको अगुवाईमा कपिलवस्तुको महराजगंज नगरपालिकामा प्रहरी जवान प्रशिक्षण तालिम दिइएको छ । प्रहरी जवानमा आबेदन दिएका १८ बर्ष देखि २३ बर्षका ६५ जना युवाहरुलाई लक्षित गरी जिल्लामा मै पहिलो पटक सो तालिम प्रदान गरिएको हो । सेतो गुलाब सामाजिक संस्था कपिलवस्तुको आयोजनामा महाराजगंज नगरपालिका बाणगंगा र बुद्धभुमी नगरपालिकाबाट नेपाल प्रहरीको जवान पदमा आवेदन दिएका युवालाई तालिम दिईएको हो । पुर्व एसएसपी तथा सेता गुलाब सामाजिक संस्थाका अध्यक्ष समेत रहेका थापाले योजना अनुसार नै उनीहरुलाइृ तालिम दिइएको हो ।
फिजिकल र लिखित परिक्षामा सफल बनाउन युवायुवतीलाई तालिम दिइएको आयोजक संस्थाले जनाएको छ । ईनडोर तर्फ सेटप, पुसअप, चिनअफ, हाईजंप, लङजंपको प्रयोगात्मक अभ्यास गराइएको थियो । प्रशिक्षार्थीले शारिरीक परिक्षा तर्फको पोजिशनहरु सगै छनौट प्रक्रियामा कति पटक शारिरीक व्याम गर्नु पर्ने भन्ने बिषयमा आधारभुत जानकारी गराइएको पुर्व प्रहरी जवान तथा प्रशिक्षक डोर बहादुर कुवरले बताए । त्यसै गरि अप्टेकलको बारेमा दृश्य मार्फत जानकारी गराइएको थियो । ईन्डोर प्रशिक्षण तर्फ सामान्य ज्ञान, बौद्धिक परिक्षण, गणित, अंग्रेजी र नेपाली व्याकरण बारेको प्रशिक्षण प्रशिक्षक तथा अवसकास प्राप्त शिक्षक दिनेश चौहानले गराएका थिए ।
अध्ययनको सिप, उत्तर लेखन खण्ड, टिक मार्कमा माईनस माकिङको जानकारी, प्रश्न अनुसार समय र अंकभार सगै लामो तथा छोटो उत्तर लेख्ने सिप बिकास भएको चौहानले बताए । बिगत १० बर्ष सम्म सोधिएका प्रश्न पत्रहरुको अभ्यास र जानकारी गराइएको थियो । पुर्ब एसएसपी थापा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सुरक्षा संगठन बिभागका प्रमुख समेत हुन । बुद्धुभुमी नगरपालिका १० चेत्रादेईकी कबिता खड्काले तालिमले आफुलाई झन आत्मबिश्वास बढाएको बताईन । दोश्रो पटक प्रहरीमा आबेदन दिएकी कक्षा १२ पास गरेकी खड्काले यस पटकको परिक्षामा भने आफु सफल बनेर देखाउने बताईन । महाराजंज नगरपालिका १ पल्टा गाउका सुनील कुर्मीले यो तालिमबाट आफले प्रहरी जवानमा पास हुनकालागि धेरै कुराहरु सिकेको बताए । उनले आफुले बिगतका त्रुटीहरु सुधारेर अब सफल हुने बताए । प्रहरी जवानमा आबेदन दिएकमा मधेसका युवा युवतीलाई सफल बनाउन आफुले यो तालिम गराएको एसएसपी थापाले बताए । केही भए पनि बिदेश पालयन रोक्न र सुरक्षा निकायमा मधेसीहरुको समेत पहुच बढाउन यो तालिम महत्वपुर्ण रहेको उनले बताए । उनले आफुले गरेको बाचा अनुसार तालिम दिएको भन्दै जिल्लाका सबै पालिकाहरुले यस्तो तालिम संचालन गर्नु पर्ने बताए । तालिममा सहभागी भएका युवा युवतीलाई निःशुल्क हेन्ड आउटको एक एक सेट, नास्ता खाजा समेत उपलब्ध गराइएको थियो । तालिमकालागि स्थानीय अगुवाहरुले सहयोग गरेका थिए ।