बालमैत्री स्थानीय शासनको नीतिगत प्रकृयागत कार्य कार्यान्वयनका लागि कपिलवस्तुमा सामुहिक प्रतिबद्धता ब्यक्त गरिएको छ । जिल्ला समन्वय समितीले तौलिहवामा राखेको बालमैत्री स्थानीय शासनको नीतिगत प्रकृयागत कार्य कार्यान्वयन अवलम्बन तथा घोषणा सम्बन्धी जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा लिखित प्रतिबद्धता गरिएको हो । साथै कार्यक्रममा आगामी नतिजामुखी योजना निर्माण र प्रतिवद्धतामा हस्ताक्षर समेत भएको छस्थानीय पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रजिअ प्रमुख प्रशासकीय अधिकृत लगायत सरोकारवालाले जिल्लामा बालमैत्री स्थानीय शासनको कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धता जनाएका हुन् । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दिष्ट गरेको सूंचक र मापदण्ड पूरा गर्न तथा पूरा गराउनका लागि बालमैत्री स्थानीय शासन घोषणाका लागि सामुहिक प्रतिबद्धता गरिएको जिल्ला समन्वय समिती प्रमुख बाबुराम आचार्यले बताए । लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले बालमैत्री शासनलाई सबै पालिकाले अवलम्बन गनुृ पर्ने बताए । पालिकालाई सहीढंगले अघि बढाउन यो अभियान जरुरी रहेको बताए । कार्यक्रममा बालमैत्री राष्ट्रिय सहजकर्ता विष्णु प्रसाद चौवले पालिकालाई सबल र सक्षम बनाउन बालमैत्री शासन आवश्यक रहेको बताए । उनले बालमैत्री स्थानिय शासन, बालअधिकार ऐतिहासिक विकासक्रम सहित सिएफएलजिको अवधारणा, बालबालिकाको लागि संबैधानिक र नीतिगत व्यवस्था, बालमैत्री नगर घोषणाको लागि जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मीहरुको भुमिका, संघ संस्थाहरुको सुचक मापन र कार्यहरुको विषयमा सहजीकरण गरेका थिए । जिल्ला समन्वय प्रमुख बाबुराम आचार्यको अध्यक्षता, समन्वय अधिकारी भूमिराम पोख्रेलको संचालनमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्य मन्त्री बिष्णु पन्थी, प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्याल, प्रहरी उपरिक्षक नवरत्न पौडेल,े, जिल्लाका बिभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, बिभिन्न कार्यालयका प्रमुख, लगायतका प्रतिनिधिको सहभागिता थियो । बालबालिकाको सर्वोत्तम हित, सर्वांगिण विकास र बालसहभागिताको सिद्धान्तमा आधारित भै बालअधिकारको सम्मान, संरक्षण र सम्बद्र्धन गर्न राज्यको तर्फबाट गरिने समष्टिगत पद्धति र प्रयास नै बालमैत्री शासन हो ।