कपिलवस्तुको बाणगंगा नगरपालिका जिल्ला कै पहिलो पुर्ण संस्थागत प्रसुती पालिका घोषणा हुने भएको छ । पालिकामा घरमा प्रसुती गराउने संख्या शुन्य सहीत पुर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह घोषणा प्रकृया २०८० अनुसार सबै मापदन्ड पुरा गरकोले बाणगंगालाई पुर्ण संस्थागत पालिका घोषणा गर्न लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले तौलिहवामा राखेको जिल्ला स्तरीय प्रजजन स्वास्थ्य समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । समितिका सचिव तथा स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीले बाणगंगा नगरपालिकाले निर्देशिका अनुसार सबै प्रकृया पुरा गरेको बताए । पुर्ण प्रसुतीकालागि प्राटोकल अनुसार ४ पटक गर्भवति जाच गराउनेको संख्या ९० प्रतिशत बढी, दक्ष प्रसुतिकालागि स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या ९५ प्रतिशत बढी, घरमा प्रसुती गराउनेको संख्या शुन्य तथा प्राटोकल अनुसार ३ पटक सुत्केरी जाच गराउनेको संख्या ९० प्रतिशत बढी हुने पर्ने प्रावधान छ । सोही बमोजिम गत फागुन १६ र १७ गते जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्य, स्वास्थ्य कार्यालय प्रमुख चौधरी र पब्लीक हेल्थ नर्स शान्ति भन्डारी सहीतको टोलीले बाणगंगा नगरपालिकाको वडा नम्बर ३, ७, १० र ११ वडाका ४२ घरधुरीमा पुगेर स्थलगत अनुगमन गरेको थियो । सो अनुगमनले समेत बाणगंगामा गर्भ जाच, घरमा सुत्केरी गराउनको संख्या शुन्य र सुत्केरी जाच समेत गराएको पाइएको पब्लीक हेल्थ नर्स भन्डारीले बताईन । पालिकाले समेत वडा नम्बर ११ को तोकिए अनुसारको प्रतिबेदनमा समेत सो वडामा गर्भवति जाच र प्रसुती सेवाको जाच समेत मापदन्डले ताके अनुसार रहेको छ ।
समितिले पालिकाले नगरपालिका भित्र रहेका ११ वटै वडालाई पुर्ण संस्थागत प्रसुतीको सुनिश्तिता गरी नगरपालिकालाई पुर्ण संस्थागत प्रसुती पालिका गर्ने निर्णय गरेको छ । पालिकालाई त्यसको प्रमाण प्रमाण पत्र समितिले उपलब्ध गराउने निर्णय गरेको छ । सो अवसमा समन्वय प्रमुख आचार्यले बाणगंगा नगरपालिकामा घरमा प्रसुति गराउनेको शन्य रहनु पनि राम्रो कुरा भएको बताए । उनले पछि परेको कपिलवस्तुलाई स्वास्थ्य र सामाजिक क्षेत्रमा अघि बढाउन सबैले हातेमालो गर्नुृ पर्ने बताए । सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले आफनो पालिका अझै पनि स्वास्थ्य क्षेत्रमा पछि रहनुमा दुःखद कुरा भएको बताए । उनले आफनो पालिकालाई स्वास्थ्य क्षेत्रमा अघि बढाउन योजना बनाएर अघि बढने बताए । कपिलवस्तु अस्पतालका मेसु बिपिन जैसवालले घरमा प्रसुति गराउनेको संख्या अझै कपिलवस्तुमा बढी रहेकोले मातृ र शिशु मृत्यु दर समे बढी रहेको बताए । उनले पालिकाले समेत यो बिषयमा गभंीर ढंगले अघि बढनु पर्ने उनले बताए । फागुनमा १० वटै पालिकामा संपन्न गरिएको स्थायी बन्ध्याकरण शिबिरमा ३ सय १५ जनाले सेवा लिएको र सो शिबिरमा खटिने स्वास्थ्यकर्मीलाई प्रशंसा पत्र प्रदान गर्ने समेत निर्णय गरिएको छ । यस्तै मातृ मृत्य भएकाहरुको मृत्युको कारण पहिचानकालागि कपिलवस्तु अस्पतालका मेसु बिपिन जैसवलाललाई खटाउने र मातृ मृत्यु दर बिरुद्ध प्रतिकार्यकालागि पालिकाले योजना बनाउने समेत निर्णय गरिएको छ । कपिलवस्तुमा बालिकाहरुको रक्तअल्पत्ताको समस्या बढी देखिएकाले पालिकाले प्रत्येक बिद्यालयमा पोषण फोकल पर्सन तोकी त्यसको जानकारी समितिलाई गराउने समेत निर्णय गरिएको छ ।