सातौ मेयर कप क्रिकेटको उपाधी वडा नम्बर १ लाई

114

कपिललस्तु् नगरपालिकाद्धारा आयोजित सातौ मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगीता वडा नम्बर १ ले जितेको छ । वडा नम्बर २ लाई ६ बिकेटले हराउदै वडा नम्बर १ ले उपाधी जितेको हो । वडा नम्बर २ ले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा अल आउट हुदै १ सय ३ रनमा समेटिएको थियो । जवाफी ब्याटीङमा उत्रेको वडा नम्बर १ ले १८ ओभरमा ४ बिकेटको क्षतिमा खेल जितेको हो । जितसंगै वडा नम्बर १ ले नगद ५० हजार कप तथा उप बिजेता वडा नम्बर २ ले नगद ३० हजार हात पारेको हो । फाईनलमा वडा नम्बर १ का नितेश तिवारीले ४ बिकेट लिए ।

वडा नम्बर २ का राम निवास यादवले २४ र कुशल थापाले २५ रन बटुले । वडा नम्बर १ का राज बिराज कोहारले २७, मुर्तजाले २१ रियाज फकीरले २० र राज आग्रहरीले १५ रन जाडे । वडा नम्बर २ का कुद्दुस गद्दीले २ बिटे हात पारे । फाईनल खेलमा ४ बिकेट लिएका वडा नम्बर १ का नितेश तिवारी म्यान अफ द म्याच घोषित भए । प्रतियोगीता भरी ७ बिकेट र ५६ रन जोडेका वडा नम्बर २ का राम निवास यादव मैन अफ द सिरिज बने । १ सय २७ बनाएका राज बिराज बेस्ट ब्याटसमैन, १० बिकेट लिएका राज अग्रहरी बेस्ट वलर घोषित भए । उनीहरुलाई नगद पाच हजारका दरले पुरस्कृत गरिएको थियो । बिजयी खेलाडीहरुलाई लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डे र मेयर सुदीप पौडेलले मेडल कप प्रमाण पत्र र नगद हस्तान्तरण गरेका थिए । फाईनल खेलमा चौक र छक्का हान्ने खेलाडीलाई युवा ब्यवासायी संजय गुप्ताले हौसला बढाउन चौका हान्नेलाई प्रत्येक चौकाको एक हजार छक्को ५ हजार प्रदान गरेका थिए ।

फाईनलमा कुल ११ चौका र १ छक्का लागेका थियो । युवा ब्यवसायी गुप्ताले नगद १६ हजार प्रदान गरको थिए । सो अवसरमा लुम्बिनी प्रदेश सदस्य पाण्डेयले नगरमा रहेको प्रतिभाहरुलाई खेलले अवसर दिएको बताए । उनले खल र खेलाडीको विकासलागि ३ वटे तहका सरकारले लगानी बढाउदै जानु पर्ने बताए । सो अवसरमा मेयर पौडेलले नगर भित्र रहेको प्रतिभाहरुको पहिचार अवसरकालागि प्रतियोगीता गराएको बताए । उनले अहिले देशमा क्रिकेटका क्रेज बढको र यो प्रतियोगीताले क्रिकेट खेलाडीलाइ हौसाल मिलेको बताए । सो अवसरमा वडा नम्बर ३ का अध्यक्ष तथा क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरले यो प्रतियोगीतामा राम्रो प्रर्दशन गरेको खेलाडीहरुले आगामी दिनहरुको जिल्ला प्रदेश स्तरमा खेल्ने मौका पाउने बताए । मेयर पौडेलको अध्यक्षता, शिक्षा अधिकृत युवराज भुसालको संचालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष माहोम्द जाहिद खा, २ का अध्यक्ष अशोक गुप्ता, वडा नम्बर ४ का अध्यक्ष रबिन्द्र तिवारी, वडा नम्बर ११ का अध्यक्ष राम गोपाल यादव लगातयको सहभागीता थियो । प्रतियोगीता फागुन २२ देखि २८ गेत सम्म चलेको र १२ वडामा १२ टीम सहभागी थिए ।

Leave A Reply

Your email address will not be published.