कपिलवस्तु जिल्ला प्रहरी कार्यलयले अवैध भन्सार छली ल्याएको ४ लाख ६८ हजार बराबर को समान बरामद गरेको छ । मर्यादपुर स्थित प्रहरी चौकीमा खटिएको प्रहरी गस्ती टोलीले तिन लाख त्रिपन्न हजार चार सय पचास रुपैया बराबरको विभिन्न कम्पनीका डाटा केवल, ब्याट्री, चार्जर, मोबाईल कबर, एयरफोन, हट गन, स्पेयर पार्ट ,सिम ट्रली थान ,मोबाईको हाउजिङ लगायतका मोबाईलका सामानहरुका साथै लेक्ट्रोनिक्स सामानहरु सामान बरामद गरेको जिल्ला प्रहरी कार्यलय प्रहरी नायव उपरीक्षक हरि बहादुर वली ले जानकारी गराएका छन ।
यस्तै कपिलवस्तु नगर पालिका ४ कोदहवा चोकमा प्रहरी गस्ति टोलीले एक लाख पन्ध्र हजार बराबरको वेवारिसे अवस्थामा रहेको विभिन्न किसिमका बच्चाको कपडा र लेडिज कपडाहरु तथा फेन्सिका समान हरु फेला पारी बारामद गरिएको वलीले बताएका छन । बरामद गरिएको सवै समान भन्सार पठाएने तयारी भएको छ ।