सातौ मेयर कप क्रिकेट प्रतियोगीता सुरु

111

कपिलवस्तु २२ फागुन
कपिलस्तु नगरपालिकामा सातौ मेयर कप क्रिकेट प्रतियोगीता सुरु भएको छ । प्रतियोगीता टि ट्वान्टी नक आउट हो । तौलिहवा स्थित बुद्ध पदम उमाबिको खेल मैदानमा ब्यालुन उडाए पछि लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले बलिङ र नगरपालिकाका मेयर सुदीप पौडेलले ब्याटिङ गरी प्रतियोगीताको उदघाटन गरिएको हो ।

सो अवसरमा नेपाल मै बढदो क्रेजसंगै नगरपालिकाले नगरस्तीयर क्रिकेट प्रतियोगीता राख्नु आफेमा सराहनीय भएको बताए । उनले प्रतियोगीताले गाउ गाउमा रहेको प्रतिभालाई अवसर दिएर बाहिर ल्याउन मद्दत मिल्ने बताए । उनले खेल क्षेत्रको विकासकालागि तीनै तहका सरकारले लगानी बढाउदै जानु पर्ने बताए । सो अवसरमा मेयर पौडेलले नगरमा नव प्रतिभाहरुको खोजी पहिचान एवम् संरक्षणको लागि प्रतियोगिता गरिएको बताए । अहिले नेपालमा क्रिकेटमा क्रेज बढदै गएको बताए । उनले अहिले राम्रो क्रिकेट खेल्नेले अवसर पाउने र जीवन गुजारा समेत यसबाट गर्न सक्ने समय आएको बताए । उनले भविष्यमा राष्ट्रिय अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भई नगरको छवी उच्च बनाउन योगदान पुर्याउन सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिताको आयोजना बताए ।

फागुन २२ देखि २८ गते सम्म खेल चल्ने कार्यक्रम संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष दिरेप चौधरीले बताए । प्रथम पुरस्कार नगद ५० हजार सहीत मेडल ट्रफी र प्रमाण पत्र दिईने उनले बताए । दोश्रोलाई नगद ३० हजार दिईनेछ । प्रत्येक खेलका खेलाडीलाई म्यान अफ द म्याच तथा अन्तिममा म्यान अफ द सिरिज , बेस्ट ब्याट्मैन र बेस्ट बलरलाई समेत पुरस्कृत गरिनेछ । प्रतियोगीतामा १२ वटा वडाबाट १२ टिम सहभागी छन । मंगलवार बिहान भएको पहिलो खेल वडा नम्बर ९ ले वडा नम्बर ८ लाई हराउर्दै जितेको छ । यस्तै दोश्रो खेल वडा नम्बर १ र ७ को भएको छ ।

b 4
Leave A Reply

Your email address will not be published.