दुर्घटना न्युनीकरण र रोकथामका लागि प्रहरीलाई एक दर्जन ब्यारिगेट प्रदान

225

कपिलवस्तु २२ फागुन
दुर्घटना न्युनीकरण र रोकथामका लागि कपिलवस्तु नगरपालिकाले जिल्ला प्रहरी कार्यालयलाई एक दर्जन ब्यारीगेट प्रदान गरेको छ । जिल्लामा केही महिना यता दुर्घटना अत्यधिक बढे पछि प्रहरीको आग्रह अनुसार नगरपालिकाले साढे ३ लाखको लगानीमा एक दर्जन ब्यारिगेट प्रदान गरेको हो । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल प्रजिअ बिश्व प्रकाश अर्यालले प्रहरी उपरिक्षक नवरत्न पौडेललाई बिल सहीतको कागज र ब्यारिगेट हस्तान्तरण गरेका थिए । सो अवसरमा नगरपालिका मेयर पौडेलले दुर्घटनाको संख्या बढे पछि प्रहरीको आग्रह अनुसार आफुहरुले ब्यारिगेट उपलब्ध गराएको बताए । उनले नगरपालिकाका ब्यस्त चोक र चौराहामा ब्यारिगेट राखिए भने दुर्घटना रोकथामकालागि सहयोगी बन्ने उनले बताए । प्रजिअ अर्यालले सुरक्षा समितिमा गरेको सल्लाह अनुसार प्रहरीले बिभिन्न अभियान र कार्यक्रम संचालन गरे पनि त्यत्ति उपलब्धी हनु नसकेको बताए । कपिलवस्तुमा दुर्घटनाको संख्या निरन्तर बढनु चिन्ताको बिषय भएको भन्दै उनले दुर्घटना न्युनीकरणकालागि नागरिहरु आफै सचेत हुनु पर्ने बताए । प्रहरी उपरिक्षक पौडेलले नगरपालिकाले दुर्घटना रोकथाम र न्युनीकरणकालागि आफुहरुले चालेको अभियानमा साथ दिएर राम्रो काम गरेको बताए । प्रत्येक ब्यारिगेटमा ट्राफिक सम्बन्धी सचेतनामुकल सन्देश समेर राखिएको छ । प्रहरी उपरिक्षक पौडेलले कपिलवस्तुमा सडक दुर्घटना ठुलो समस्याकारुपमा देखा परेकोले यसको रोकथाम र न्युनीकरणकालागि पालिकाहरुले साथ दिनु पर्ने बताए । सो ब्यारिगेटलाई २ वटा तौलिहवा स्थित सरकारी वलिक कार्यालय अघि, २ वटा पचेहरा चोक र २ वटा जदही चोकमा राखिएका छन । बाकी रहेका ब्यारिगेटलाई समेत आवश्यक्ता अनुसारका स्थानमा राखिएको प्रहरी उरिक्षक पौडेलले बताए । ब्यारिगेटले सवारी साधनको गति नियन्त्रण गर्न मद्दत गर्ने र चेकिङ समेत हुने भएकाले सवारी चालकले गाडीको गति कम गर्ने जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक अनिश भन्डारीले बताए । चालु आर्थिक बर्ष २०८०÷०८१ को साउन देखि फागुन २१ गते सम्म जिल्लामा ४ सय ६८ दुर्घटनामा ४७ जनाको मृत्यु भएको छ । यस्तै ७ सय ९८ जना घाईते भएको र दुर्घटनामा ५ सय २४ सवारी संलग्न रहेका छन । सो अवधिमा २२ हजार १ सय ५८ सवारीलाई कारबाही गरी १ करोड ८८ लाख ३७ हजार राजस्व संकलन भएको छ ।

Leave A Reply

Your email address will not be published.