कपिलवस्तु २२ फागुन
कपिलवस्तु अस्पताल न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा लुम्बिनी प्रदेशमै उत्कृष्ट बनेको छ । सो अस्पतालले ९४ अङ्क प्राप्त गरी प्रदेशमै दोस्रो भएको हो ।अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा, सरसफाइ, वहिरङ्ग सेवा, आकस्मिक सेवा, प्रयोगशाला, फार्मेसी, व्यवस्थापन लगायतका विषयलाई मुख्य आधार मानेर न्यूनतम सेवा मापदण्ड र सम्पादनका आधारमा कपिलवस्तु अस्पतालले कुल ९४ अङ्क प्राप्त गरेको हो । कुल ७ सय २१ स्टेण्डर्ड मध्ये अस्तालले सो अंक हासिल गरेका हो । गत बर्ष भने अस्पतालले ९६ अंक ल्याई प्रदेश मै पहिलो भएको थियो । स्वास्थ्य निर्देशनालय की दुर्गा लक्ष्मी श्रेष्ठले अस्पतालमा २ दिन सम्म गरेको मुल्ल्यांकनका आधारमा अस्पतालले सा अंक हासिल गरेको हो । न्यूनतम मापदण्ड सेवामा देशभर रहेका ५० शय्या क्षमता भएका अस्पतालमध्ये कपिलवस्तु अस्पताल लुम्बिनी प्रदेशमै दोस्रो भएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विपिन जैसवालले बताए । न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अस्पतालको अनुगमन मूल्याङ्कन समीक्षा कार्यक्रममा डा. जैसवालले सीमित साधन स्रोतबिचमा पनि कपिलवस्तु अस्पताल उत्कृष्ट बनेकोमा खुसी व्यक्त गरे । यो उपलब्धीमा सबैको साथ र सहयोग रेहको उनले बताए । उनले अस्पतालले दिने सेवामा कुनै कमी हुन नदिन अस्पतालमा कार्यरत सम्पूर्ण टिम नै निरन्तर लागिरहेको बताए । गरीब र बिपन्नलाई पैसा कै अभावमा उपचारबाट बंचित हुन नदिने उनले बताए । कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले अस्पतालले यो उपलब्धी हासिल गनुृ जिल्ला कै लागि खुशीको कुरा भएको बताए । उनलेस्वास्थ्य क्षेत्रमा सहजता ल्याउने गरि काम गरिरहेको बताए । नगरका १३ हजार घरधुरीलाई ५० प्रतिशत छुटमा स्वास्थ्य बीमा मार्फत काम अगाडि बढाइएको उनले बताए । प्रमुख जिल्ला अधिकारी बिश्वराज अर्यालले अस्पतालमा कर्मचारी दरबन्दी मिलान, सेवामा प्रभावकारिता र सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकता दिएर कार्ययोजना बनाउनुपर्नेमा जोड दिए । कपिलवस्तु अस्पतालका अध्यक्ष शिवलाल यादवले जनशक्ति अभाव हुदाँहुदै पनि अस्पतालले राम्रो सेवा दिँदै आएको बताए । उनले अस्पतालमा भौतिक संरचना, उपकरण र जनशक्तिको अभाव भएको बताए ।अस्पतालका अध्यक्ष यादवको अध्यक्षता, रत्नाकर शुक्लाको संचालनमा भएको कार्यक्रममास्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख नारायण चौधरी, अनुगमन समिती संयोजक दुर्गालक्ष्मी श्रेष्ठ, सदस्यहरु सन्देश पौडेल र अस्मिता नेपाल लगायतको सहभागिता थियो ।
Prev Post