कपिलवस्तु २१ फागुन
कपिलवस्तुको तौलिहवा स्थित बुद्पम उमाबिको खेल मैदानमा यही फागुन २२ गते देखि सुरु हुने सातौ मेयर कप क्रिकेट प्रतियोगीताको सबै तयारी पुरा भएको छ । कपिलवस्तु नगरपालिकाले संचालन गरेको प्रतियोगीताकालागि आवश्यक सबै तयारी पुरा गरिएको हो । नगरपालिकाले राखेको पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । प्रतियोगिता फागुन २२ गते देखि २८ गते सम्म चल्ने छ मेयर सुदीप पौडेलले नगरमा नव प्रतिभाहरुको खोजी पहिचान एवम् संरक्षणको लागि प्रतियोगिताको आयोजना गरिएको बताए । अहिले नेपालमा क्रिकेटमा क्रेज बढदै गएको बताए । उनले अहिले राम्रो क्रिकेट खेल्नेले अवसर पाउने र जीवन गुजारा समेत यसबाट गर्न सक्ने समय आएको बताए ।

प्रमुख प्रशासकिय अधिकृत अर्यालले भविष्यमा राष्ट्रिय अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भई नगरको छवी उच्च बनाउन योगदान पुर्याउन सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिताको आयोजना बताए ।

खेलाडीहरुलाई प्रोत्साहित गर्न नगरपालिकाको १२ वडाका १२ टिमलाई किट्स र जर्सी सहित खेल सामाग्री प्रदान गरिएको संयोजक चौधरीले बताए । प्रथम हुनेलाई ५० हजार, द्वीतिय हुनेलाई ३० हजार नगद सहति मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । खेल बुद्ध पद्म माध्यमिक विद्यालयको खेलमैदानमा हुने छ । मेयर पौडेलको अध्यक्षता र शिक्षा अधिकृत युराज भुसालको संचनलमा भएको कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष मोहम्मद जाहिद खाँ र वडा नं. ३ का वडाध्यक्ष प्रकाश गैरे लगायतको सहभागिता रहेको थियो ।

b 4