कपिलवस्तु २१ फागुन
नेपालका लागि संयुक्त अरब ईमरेट्स ( यूएई ) का राजदुत अब्दुल्लाह अश्सामसीले नेपालको विकासकालागि युएई सरकारले आवश्यक सहयोग गर्ने प्रतिबता ब्यक्त गरेका छन । कपिलवस्तुकोे मायादेबी गाउपालिका– २ बैसकुन्डा स्थित मदरसा उम्मे अम्मार ईस्लामिया कन्या क्याम्पसमा आयोजित शैक्षिक प्रमाण पत्र बितरण कार्यक्रममा उनले आफनो देशले नेपालकालागि जे जे हुन सक्छ, त्यो काम गर्ने बताए ।

आफनो देश मुस्लिम रहे पनि संसारभरी नै मानव कल्याणका लागि सामाजिक काम गर्दैै आएको बताए । उनले नेपालको प्रगतिको कामना समेत गरे । शैक्षिक प्रमाण पत्र पाएका कन्याहरुलाई बधाई दिदै उनले भबिष्यमा सिप र कलासंग जोडन आग्रह गरे । उनले प्राबिधिक शिक्षा तर्फ ध्यान दिनु पर्ने बताए । सो अवसरमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकान्त गुप्ताले नेपाल र दुबईका प्रगाढ सम्बन्धको कामना गर्दै आफनो देशको सामुदायिक बिद्यालय र स्वास्थ्य सुधार तर्फ आफुहरु लागेको बताए । उनले बच्चाहरुको भबिगष्यकालागि शिक्षामा सुधार गर्नु पर्ने बताए ।
कन्या कलेजमा कक्षा ३ देखि स्नातक सम्म पाढई हुने गरेको कन्या क्याम्पसका प्रमुख हिभलजुल रहमानले बताए । सन २०१९, २०२० र २०२१ मा फजीलत ( स्नातक ) पास गरेका ७० जना कन्यालाई राजदुत अश्सामसी, मन्त्री गूप्ता, पुर्व मन्त्री दान बहादुर चौधरी, प्रजिअ बिश्व प्रकाश अर्याल, मायाोदबी गाउपालिकाका प्रमुख बलीउद्दीन मुसलमान सुरक्षा निकायमा प्रमुख र समाजसेबी फैजल अहमद लगायतको टोलीले कन्याहरुलाइै शैक्षिक प्रमाण पत्र हस्तान्तरण गरेका थिए । कन्या क्याम्पसका अध्यक्ष हिफजुर्रहमानको अध्यक्षतामा कार्यक्रम भएको थियो । समाजसेबी फैजल अहमदको प्रयासमा राजदुतलाई कार्यक्रममा सरिक भएका थिए ।