कपिलवस्तु सिमा नाका कृष्णनगर बाट २४ किलो भन्दा बढी लागु औषध चरेश सहित ५ जना लाई नियन्त्रणमा लिइएको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलबस्तुबाट खटिएको प्रहरी टोलिले नेपालबाट भारततर्फ जादै गरेको ३ जना महिला र २ जना पुरुषलाई चेकजाँच गर्दा लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यलय का प्रहरी नायव उपरिक्षक हरि बहादुर वली ले जानकारी दिएका छन । प्रकाउ परेका धादिङ खनियाबास गाउ पालिका वडा ५ बस्ने सेति तामाङको साथबाट ५ किलोग्राम ५५५ ग्राम , रेगदोन तामाङको साथबाट ५ किलोग्राम ३६५ग्राम , साङ जोम तामाङनीको साथबाट ५किलोग्राम ४८० ग्राम त्यस्तै जिल्ला सल्यान सिद्द कुमाख गाउ पालिका वडा ४ बस्ने थल बहादुर रोकाको साथबाट ४ किलोग्राम ६१५ग्राम, र जिल्ला रुकुम भुमे गाउपालिका वडा २ स्थाई वतन भई जिल्ला दाङ लमही नगरपालिका वडा नं ४ बस्ने भावना बुढाको साथबाट ३ किलोग्राम ५४५ ग्राम लागु औषध चरेश सहित नियन्त्रणमा लिई अनुसन्धान कार्य भई रहेको वलीले जानकारी गराएका छन ।