नगरलाई नै फुसको छानोमुक्त बनाउने अभियान अन्र्गत कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले ५२ बिपन्न परिवारलाई रगीन जस्तापाता बाडेको छ । वडा भित्र रहेको बिपन्न परिवारको पहिचान गरी उनीहरुलाई जस्तापाता बितरण गरिएको हो । वडाध्यक्ष अशोक कुमार गुप्ताले वडा कार्यालयमा बिपन्न परिवारलाई जस्तापाता हस्तान्तरण गरेका थिए । जस्तापाताकालागि सुचना जारी गरिएको थियो । आबेदन दिने बिपन्न परिवारको निरीक्षण र प्राबिधिक मुल्यांंकन पछि जस्तापाता उपलब्ध गराइएको वडाध्यक्ष गुप्ताले बताए । फुसको छानोेको घर भएकाहरुलाई मात्र जस्तापाता उपलब्ध गराइएको उनले बताए । अब आफनो वडा लगभग फुसको छानोमुक्त हुने तर्फ अग्रसर भएको उनले बताए ।

छुटपुट भएकाहरुलाई पछि जस्तापाता हस्तान्तरण गरिने उनले बताए । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले नगरलाई फुसको छानोमुक्त बनाउन बिपन्न परिवारलाई जस्तापाता बितरण अभियान जारी रहेको बताए । नगरलाई सुन्दर बनाउन र आगलागीबाट बचाउन यो अभियान चलाइएको बताए । कपिलवस्तु नगरपालिका ईन्जीनीयर राजेश कुमार सैनीले गत आर्थिक बर्षको झन्डै एक करोड बजेटबाट खरिद गरीएको जस्तापाता यो बर्ष बितरण गरिएको बताए । आबेदन दिएका बिपन्न परिवारको निरीक्षण पश्चात प्राबिधिकहरुले गरेको मूलयांकन आधारमा वडाले बितरण गर्नेछ । यो बर्ष अहिले सम्म नगरपालिकाको १२ वटा वडामा १ सय २७ परिवारलाई जस्तापाता बाडिएको छ ।