कपिलवस्तु १२ फागुन
मुुलुकमा सन २०२६ भित्र निवारण गर्ने लक्ष्य सहीत कपिलवस्तुमा दादुरा रुबेला अभियान सुरु गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित बुद्धपदम उमाबिमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले ब्यानर पढेर र खोपको सामाग्री स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्दै खोपको शुभारम्भ गरेका हुन । फागुन १३ देखि २८ गते सम्म जिल्लाको १० वटै पालिकाका भित्रका ९ महिना देखि १५ बर्ष उमेरका बालबालिकालाई खोप लगाईने भएको हो । जिल्लामा १० वटै पालिकामा रहेको साढे ७ सय बिद्यालयलाई खोप केन्द्र कायम गरी २ लाख २८ हजार ३६४ बालबालिकालाई खोप लगाईने छ । सो खोपसंगै बालबालिकालाई अन्य नियमित खोप समेत दिने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरीले बताए ।
समन्वय समितिा प्रमुख आचार्यले जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणाकालागि समेत यो अभियान महत्वपुर्ण रहेको बताए । उनले यो अभियानलाई सबै मिलेर सफल बनाउनु पर्ने बताए । स्वास्थ्य क्षेत्रमा पछि परेको कपिलवस्तुलाई अघि बढाउन यो अभियानलाई सार्थक बनाउनु पर्ने बताए । सो अवसरमा प्रजिअ बिश्व प्रकाश अर्यालले यो अभियानलाई सफल बनाउने दायित्व सबैको रहेको बताए । उनले गैर सरकारी संस्था र पत्रारहरुले समेत यो अभियान सफल बनाउन बिशेष भुमिका खेल्नु पर्ने बताए । उनले अभियान बारे ब्यापक प्रारप्रसा गर्नु पर्नेमा जोड दिए । उनले सबैले जिम्मेवारी बाडफाड गरी अभियानलाई सफल बनाउनु पर्ने बताए । स्वास्थय कार्यालयका खोप अधिकृत दिवाकर महर्जनले खोप पुर्ण सुरक्षित रहेको र केही समस्या भए तत्कालै स्वास्थ्यकर्मीलाई खबर गर्न आग्रह गरे । सरकारले दादुरा रुबेलाको उच्च जोखिम रहेका काठमाण्डौ र तराईका जिल्ला गरी २४ जिल्लामा ९ महिना देखि १५ बर्षका बालबालिकालाई फागनुमा फागुन १३ देखि खोप लगाउने कार्यक्रम छ । बाकी ५१ जिल्लाहरुमा ९ महिना देखि ५ बर्ष सम्मकालागि खोप लगाईने छ । जिल्ला खोप समन्वय समितिका प्रमुख आचार्यको अध्यक्षता र श्रीधर खनालको संचालनमा कार्यक्रम भएको थियो ।