कपिलवस्तु
७४ औ प्रजातन्त्र दिवसका अवसरमा कपिलवस्तुको तौलिहवामा नगरस्तरीय आधाभुत बिद्यालय तहको हाजिरी जवाफ प्रतियोगीता संपन्न गरिएको छ । कपिलवस्तु नगरपालिकाको सहयोगमा सृजनशील नारी साहित्य समाज कपिलवस्तुको आयोजना प्रतियोगीता गरिएको हो । प्रतियोगीतामा सनशाइन बोर्डिङ स्कुलका शिवम चौधरी र परी अग्रहरीको टोली प्रथम भए । यस्तै द्वितीय बुद्ध ज्योति बोर्डिङ स्कूलका कमला भण्डारी र हमदान यासिन भए । तृतीय रत्न राज्य लक्ष्मी माविका रामकृपाल यादव र रीमा बेल्दार भए ।
सान्त्वना सिद्धार्थ विद्या मन्दिर का प्रमिश आचार्य र कृबिशा बज्राचार्य भए । बिजयी टोलीलाई पुस्कृत गरिएको थियो । कार्यक्रम समाजकी अध्यक्ष सकुन्ता पौडेलको अध्यक्षता, गीता खनालको संचालन अंशु पौडेलको स्वागत मन्तब्यमा गरिएको थियो । कार्यक्रममा साहित्यकार पशुपतिमणि त्रिपाठी, नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।