कपिलवस्तु जिल्ला स्तरीय राष्टपति रनिङ्क शिल्ड प्रतियोगितको तयारी पुरा भएको छ । जिल्ला खेलकुद विकास समितीको आयोजनामा सदरमुकाम तौलिहवा को फिल्डमा फागुन ६ गते देखि ८ गते सम्म चल्ने यस खेलमा ८ पालिकाले सहभागी जनाउने जिल्ला खेलकुद विकास समीती का अध्यक्ष राजेश उपाध्याय ले जानकारी गराएका छन ।
प्रतियोगितालाई सभ्य र भव्य बनाउन विभिन्न समिती बनाएर कार्य विभाजन गरिएको उपाध्याय ले बताए । यसै गरि प्रविधिकको सवै जिम्मा राजेश शाक्य ,एथलेक्टीक्सको जिम्मा हेमन्त श्रेष्ठ, कवड्डीको जिम्मा मनिश कार्की ,भलिवलको भरत थापा,उसुको दत्त प्रसाद पाण्डे करातेको सागर खासु मगर र उम्मर सौमे ,तेक्वाण्डोको जिम्मा जयस राम थारु लाई दिएको जिल्ला खेलकुद विकास समितीका कार्यलय प्रमुख मिन प्रसाद पोखरेल ले जानकारी गराएका छन । यसै गरी मञ्च व्यावस्थापन तिर अनन्ता न्योेपाने र माया विश्वकर्मा, अतिथी सत्कारमा गोविन्दी थारु र माया विश्वकर्मा लाई निर्णय भएको पोखरेलले बताए ।