कपिलवस्तु नगरपालिका वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणाकालागि तयारी

133

कपिलवस्तु ३ फागुन
कपिलवस्तु नगरपालिका वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणाकालागि तयारी अघि बढाइएको छ । कपिलवस्तु नगरपालिकाद्धारा तौलिहवा स्थित नगरपालिकामा आयोजित बालमैत्री स्थानीय शासनको नीतिगत, प्रकृयागत नया प्रारुप सम्बन्धी अभिमुखी कार्यक्रममा मेयर सुदीप पौडेलले सो जानकारी गराएका हुन । सो वडाले कुल ५१ सुचक मध्ये हाल सम्म १७ सुचक पार गरेको छ । सो वडासैगै वडा नम्बर ११ लाइृ समेत बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएको पौडेलले बताए । नगरपालिकाको वडा नम्बर ९ र १० मात्र बालमैत्री घोषणा भएका छन ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख बावुराम आचार्यले सबै पालिकाहरुले बालमैत्री शासन अवलम्बन गर्नु पर्ने बताए । उनले बालश्रम मुक्त गरी बालबालिकाहरुलाई बिद्यालय सम्म पहुच बढाउनु पर्ने बताए । कार्यक्रमका सहजकर्ता बिष्णु चौबेले बालमैत्री शासनको घोषणा गर्ने बिधि, नीतिगत ब्यवस्था, वडा नम्बर ६ को अवस्था, अवलम्बन, जनशक्ति, कार्ययोजना लगायतका बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष रामजीत प्रसाद कुर्मीले आफनो वडाालई यसै बर्ष बालमैत्री घोषणाकालागि आफुले कार्ययोजना सहीत अघि बढेको बताए । मेयर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरु प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्यालय जिल्ला समन्वय प्रमुख भुमीराम पोख्रेल, नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ लगायतको सहभागीता थियो ।

Leave A Reply

Your email address will not be published.