कपिलवस्तुको सुरही पुल नजिकै बस खस्दा एक जना सेना सहीत १० जनाको मृत्यु

124

कपिलवस्तु ३ फागुन
पुर्व पश्चिम राजमार्ग अन्र्गत कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बुधवार सवा एक बजेतिर महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेको यात्रु बस तल खस्दा नेपाल सेनाका एक जना सहीत १० जनाको घटना स्थल मै मृत्यु भएको छ । घटनामा ३० जना घाईते भएका छन । सुदुर पश्चिमको सुनौलो महाकाली यातायातले संचालन गरेको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट सय सय मिटर तल खसेको हो । जिल्ला प्रहरी कार्यालय अनुसार मृत्यु हनेहरुमा ७ जना पुरुष र ३ महिला छन । सल्यान सेमीखाल – ३ सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे नेपाल सेनामा कार्यरत ४१ बर्षिय अर्जुन कुमार योगी रौतहट औरही ३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी र भारत उत्तर प्रदेश मुरदाबादका ५५ बर्षिय सकिल मुसलमान, भिमदत्त नगरपालिका–१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भिमदत्त–४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका– १६ कन्चनपुर २७ वर्षीया सन्जु थापा, पुनर्वास नगरपालिका – ९ की ६० बर्षिय बिमला भट्ट र उनका श्रीमान ८० बर्षिय बिसनदत्त भट्टको दुर्घटना स्थलमै मृत्यु भएको हो । यसैगरी भिमदत्त नगरपालिका की २१ बर्षिया खगेश्वरी खाती, भिमदत्त नगरपालिका–२ का १८ बर्षिय सुदिप भट्ट र सलयन सेमिखाल– ३ का ४१ बर्षिय अर्जुन कुमार योगी दुर्घटनामा ज्यान गएको हो । दुर्घटनामा ३ जना गाडी स्टाफ र ३७ जना यात्रु घईते भएको प्रहरी उपरिक्षक नवरत्न पौडेलले बताए ।

घाइतेको नेपाल प्रहरी, सशस्त्र प्रहरीर नेपाली सेनाको संयुक्त टोलीले राति नै उद्धार गरेका थिए । घाईतेहरुको उपचारकालागि चन्द्रौटा स्थित संजीवीन अस्पताल र आधारभुत स्वास्थ्य केन्द्रमा लगीएको थियो । घाईते मध्ये ११ जनाको बुटवल स्थित चौराहा अस्पतालमा उपचार भईरहेको छ । यस्तै २ जनाको एडमन्ड सिटी अस्पताल बुटवल र एक जनाको लुम्बिनी सिटी अस्पताल बुटवल उपचार भईरहेको प्रहरी उपरिक्षक पौडेलले बताए । रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत ओखलढुंगाका नेपाली सनोका हवल्दार लोक बहादुर कार्कीलाई भने काठमाण्डौको छाउनी अस्पताल थप उपचारकालागि लगीएको छ । घाईते भएका १५ जना भने सामान्य उपचार पछि घर फर्कि सकेको छन । महेन्द्रनगरबाट बुधवार दिउसो ३ बजे हिडेको बस मध्य रातमा दुर्घटनामा परेको थियो । उकालो र ओरालो बाटोमा ब्रेक र गेयर फेल भएका कारण दुर्घटना भएको प्रारंभिक अनुसंधानकक्रममा देखिएको प्रहरी उपरिक्षक पौडेलले बताए । बसमा ३ जना गाडी स्टाफ र ३७ जना यात्रु गरी ४० जना सवार थिए ।

७ महिनामा ४३ को मृत्यु २ सय ११ घाईते
कपिलवस्तुमा चालु आर्थिक बर्षको साउन देखि फागुन २ गते सम्म दुर्घटनामा ४३ जनाले ज्यान गुमाएका छन । जिल्ला ट्राफिक कार्यालय अनुसार सो अवधिमा १ सय १९ वटा दुर्घटनामा ४३ जनाको मृत्यु हुनुका साथै २ सय ११ जना घाईते भएका छन । जिल्ला ट्राफिक कार्यालकया प्रहरी निरीक्षक अनिश भन्डारीले कपिलवस्तुमा केही महिना यता दुर्घटना बढेको बताए । चालकको लापरवाही सडकको अवस्था ट्राफिक नियमको उल्लघंन लगायतका कारण दुर्घटना बढेको उनले बताए ।

घटनामा घाईते भएकाहरुको नामावली
घाइते हुनेमा ओखलढुंगाका लोकबहादुर कार्की, कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय पूर्णबहादुर चन्द, कैलाली, बेलडाँडी नगरपालिका वडा नम्बर १ का २४ वर्षीय महेश सुनार छन् । कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर १८ का २८ वर्षीय सन्तोष चौधरी, बसका सहचालक कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर १८ का ३५ वर्षीय केशव हमाल रहेका छन् । यस्तै बैतडी मेनौली नगरपालिका वडा नम्बर १ का २२ वर्षीय राजेश दयाल, कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर १ का १८ वर्षीय नितेश सुनार घाइते रहेका छन ्। कञ्चनपुर, भीमदत्त नगरपालिका १४ बस्ने ३३ वर्षीया गीता कुँवर र उनका १२ वर्षका छोरा नवीन कुँवर पनि घाइते भएका छन् । ओखलढुंगाका १९ वर्षीय बिसन भुजेल, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ११ का ३१ वर्षीय मोहनसिंह लोहार, काठमाडौं महानगरपालिका वडा नम्बर ३ का ४१ वर्षीय अनील तन्डुकार पनि घाइते छन् । त्यस्तै बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय सुशील कुँवर, गुल्मी, मालिका गाउँपालिका वडा नम्बर ७ का २९ वर्षीय अर्जुन कार्की पनि घाइते भएका छन ्। यसैगरी गोरखा, शहीद लखन गाउँपालिका वडा नम्बर ७ बस्ने ३० वर्षीया मनोज विक, दार्चुला, शैल्यशिखर नगरपालिका वडा नम्बर ३ का २४ वर्षीय नवीन भट्ट पनि घाइते छन ्। दुर्घटनामा कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर १६ का ५४ वर्षीया नारायणी थापा, त्यही ठाउँमा २८ वर्षीय दिपेन्द्र बोहोरा पनि घाइते भएका छन् । कैलाली, लम्किचुहा नगरपालिका वडा नम्बर १ की २७ वर्षीय रेखा आचार्य, कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नबम्बर १८ की ४१ वर्षीया शान्ति सिंह, कैलाली गेरुवा गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षीय गणेश काफ्ले, उनकी २७ वर्षीया श्रीमती रेखा आचार्य, तीन वर्षकी छोरी श्रृष्टि काफ्ले घाइते भएका छन् । यस्तै, भारत उत्तर प्रदेशका ३५ वर्षीय मोहम्मद रिजन, सोही ठाउँका ५४ वर्षीय अनिश मनियार पनि घाइते छन् । धादिङ, सिम्लेका २५ वर्षीय कृष्ण नेपाली, कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर १९ का २० वर्षीय सुमन विष्ट, सोही नगरपालिका वडा नम्बर १ का २० वर्षीय मनोजसिंह धामी पनि घाइते छन । कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर १९ कै २० वर्षीय अशोक सिंह, सोही नगरपालिका वडा नम्बर ४ का ३६ वर्षीय ज्ञानेन्द्र पाल घाइते रहेका छन ।

b 4
Leave A Reply

Your email address will not be published.