बुद्ध ज्योति बोडिङ स्कुलको २६ औ बार्षिक उत्सव

119

कपिलवस्तु २ फागुन
सरस्वती पुजाको अवसर पारेर कपिलवस्तु नगरपाकिला वडा नम्बर ३ स्थित बुद्ध ज्योति बोडिङ सेकेन्डरी इग्लिीस बोडिङ स्कुलको २६ औ बार्षिक उत्सव संपन्न गरिएको छ । अभिभावक तथा सेमाजसेबी अनिरुद्र प्रसाद ओझाले पानसमा दिप बालेर कार्यक्रमको उदघाटन गर्दै बुद्ध ज्योति बोडिङ स्कुलले कपिलवस्तुको शिक्षा क्षेत्रको विकासमा योगदान दिएको बताए । उनले बोडिङ स्कुलले अझ गुणस्तीय शिक्षा तर्फ ध्यान दिनु पर्ने बताए । कार्यक्रममा कक्षा १ देखि १२ सम्म उत्कृष्ठ अंक ल्याउने बिद्यार्थीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा नाचागन समेत प्रस्ुतत गरिएको थियो । बाडिङ स्कुलका प्राचार्य प्रकाश गैरको अध्यक्षता र युवराज शर्माको संचालनमा भएको कार्यक्रममा कपिलवस्तु बहुमुखी क्याम्पसका प्राध्यापक गिरिराज पोख्रेल, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, ईन्दिरा घिमिरे लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

b 4
Leave A Reply

Your email address will not be published.