कपिलवस्तुको तौलिहवामा संपन्न जिल्लास्तरीय मेयर कप मेन्स डलब्स ब्याडमिन्टन प्रतियोगीताको उपाधी बुद्धभुमी नगरपालिकाका बिन्जन बस्नेत र जितेन्द्र घिमिरेले जितेका छन । तौलिहवामा रितेश थापा र रोहित बरालको जोडीलाई २ का बिरुद्ध एक सेटले हराउदै बस्नेत र घिमिरेको जोडीले सो उपाधी जितेका हुन । जितसंगै बस्नेत र घिमिरेले १२ हजार नगद, शील्ड मेडल र प्रमाण पत्र पाए । उप बिजेता थापा र बरालको जोडीले ८ हजार नगद पाए । तेश्रो भएका जोडीहरु माहोम्द हुसेन र सुदीप चौधरी तथा संदीप श्रेष्ठ र सिद्धार्थ कार्कीको जोडीले चार चार हजार पाएका छन । यस्तै ४५ माथीका भेट्रान जोडीको उपाधी रितेश थापा र संदीप श्रेष्ठले जितेका छन । संजय गुरुङ र बलराम न्यौपाने दोश्रो तथा बल बहादुर क्षेत्री र अशोक श्रेष्ठ तथा माहोम्द हुसने र कृष्ण केसीको जोडी तृतीय भए ।
अन्डर फिफ्टीन छात्र तर्फका उपाधी निश्चल अग्रहरीले जितेका छन । द्धितीय अशुतोश कसौधन तथा तृतीयहरु प्रिन्स क्षेत्री र संदीप अर्याल भए । अन्डर फिफ्टीन छात्रा तर्फको उपाधी माया ठाकुरले जितेकी छिन । रिया थापा दोश्रो तथा आरजु सिंह क्षेत्री तृतीय र श्रृष्ठी कसौधन तेश्रो भएका छन । प्रतिनिधि सभा सदस्य बलराम अधिकारी, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडल कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, पुर्व ब्याडमिन्टन राष्ट्रिय खेलाडी बिजय लक्ष्मी सिंहले कप, मेयर प्रमाण पत्र र नगद हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रतिनिधि सभा सदस्य अधिकारीले सरकारले खेलकुद क्षेत्रको विकासकालागि लगानी बढाउनु पर्ने बताए ।
उनले खेल क्षेत्रको विकासकालागि प्रदेश र पालिकाहरुले समेत बजेट बिनियोजन गर्नु पर्ने बताए । आफुले पनि जिल्लाको खेल क्षेत्रको विकासकालागि सरकारसंग ध्यानाकषणर््ा गराउने बताए । कार्यक्रम कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडलको अध्यक्षता, बलराम न्यौपानको संचालनमा भएको थियो ।
कार्यक्रम कपिलवस्तु नगरपालिकाको आयोजना र जिल्ला ब्याडमिन्ट संघको समन्वयमा तौलिहवा स्थित कभर्ड हलमा संपन्न भएको हो । कार्यक्रममा बुद्धुभुमी नगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा नगर प्रबक्ता तिलक बस्नेत लगायतको सहभागीता थियो ।