तेश्रो जिल्ला स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगीता

104

कपिलवस्तको तौलिहवा स्थित कभर्ड हलमा तेश्रो जिल्ला स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगीता सुरु भएको छ । कपिलवस्तु नगरपालिकाको आयोजना, जिल्ला ब्याडमिन्ट संघको समन्वयमा प्रतियोगीता सुरु भएको हो । प्रतियोगीतामा मेन्स डबल्स, अन्डर फिफ्टीन छात्र र छात्रा तथा ४५ बर्ष माथीका भेट्रान डबल्स गरी कुल चार सुमहमा खेल हुने जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिनेश हमालले बताए । लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले खेल सामाग्री ब्याडमिन्टन प्रशिक्षक माहोम्द हुसेनलाई हस्तान्तरण पछि खेल खेलेर प्रतियोगीताको शुभारभ्भ गरेका थिए । सो अवसरमा उनले ब्याडमिन्टन खेलाडीेले कपिलवस्तुलाई राष्ट्रिय स्तरमै चिनाएको बताए । उनले आफुले जिल्लाको खेलकुद र कभर्ड हलको बिकाशकालागि प्रदेशबाट बजेट बिनियोजन गराउने प्रतिबद्धता ब्यक्त गरे । सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले ब्याडमिन्टन खेलाडीले कपिलवस्तुालई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरको भन्दै यो खेलको विकासकालागि आफुले सक्दो पहल गर्ने बताए । उनले चालु आर्थिक बर्ष मै कभर्डहलको विकासकालागि नगरपालिकाबाट ३० लाख बजेट बिनियोजन गरेको बताए । माघ २९सम्म चल्ने प्रतियोगीतामा भेट्रान १६ टिम, अन्डर फिफ्टनि गल्र्स १६टिम, मेन्स डबल्स ३२ टिम, ब्वायज अन्टर फिफ्टीन ३२ टिम सहभागी रहेको प्रशिक्षक राजेश शाक्यले बताए । प्रथम द्धितीय र तृतीयलाई नगद १२, ८ र चार हजार र कप प्रदान गरिनेछ । उदघाटन सत्र संघका जिल्ला अध्यक्ष हमालको अध्यक्षता र बलराम न्यौपानको संचालनमा भएको थियो ।

Leave A Reply

Your email address will not be published.