कपिलवस्तु उद्योग बाणिज्य संघमा गणेश क्षेत्री निर्वाचित भएका छन । क्षेत्रीले ६१ मत अन्तरले मोहन न्यौपानेलाई हराउदै अध्यक्ष निर्वाचित भएका हुन । क्षेत्रीले ९ सय १२ मत र न्यौपानेले ८ सय ५१ मत हासिल गरे । अध्यक्षका अर्का उम्मेदवार देवीलाल कँडेलले १ सय २९ मत पाए । वरिष्ठ उपाध्यक्षमा हुमानाथ पौडेल र महासचिवमा नवदत्त घिमिरे विजयी भएका छन । उपाध्यक्षमा खुमानन्द घिमिरे बाणिज्य उपाध्यक्षमा नारायण पौडेल विजयी भए । यस्तै वस्तुगत उपाध्यक्षमा शालिकराम भुसाल एशोशियट उपाध्यक्षमा रामजि सेन र महिला उपाध्यक्षमा मिना पोख्रेल विजयी भइन् ।कोषाध्यक्षमा धीरज खनाल र सह कोषाध्यक्षमा कृष्ण प्रसाद गैरे र सचिवमा दामोदर पन्थी विजयी भएका छन् । मोहन न्यौपाने प्यानल एमाले निकट रहेर चुनावमा होमिएको थियो । यस्तै गणेश बहादुर क्षेत्री निकट संयुक्त प्यानलमा काँग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एस, राप्रपाको गठबन्धन गरी साझा प्यानल चुनावी प्रतिस्पर्धामा रहेको थियो । अध्यक्षमा निर्वाचित क्षेत्रीले आफुले संघको सस्थागत विकास र ब्यवसायीहरुको हकहीतकालागि कटिबद्ध भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । कुल २ हजार ८० मत मध्ये २ हजार मत खसेको थियो ।