मायादेबी गाउपालिकामा चाथौ राष्ट्रपति रनिङ शिल्ड र अध्यक्ष कप

104

कपिलवस्तुको मायादेबी गाउपालिकामा चाथौ राष्ट्रपति रनिङ शिल्ड र अध्यक्ष कप प्रतियोगीता सुरु भएको छ । बुद्ध स्थल सिसहनीया कोटको मैदानमा प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले पानसमा दीप प्रज्जवलित गरी सट फुट फालेर खेलको शुभारम्भ गरे । सो अवसमरा सांसद अधिकारीले खेलकुद क्षेत्रको विकासकालागि सरकारले प्राथमिकता दिनु पर्ने बताए । उनले पालिका पालिकामा यस्तो प्रतियोगीताले नव प्रतिभाहरुलाई अवसर दिने र खेलको विकास हुने बताए । उनले खेलकुदको विकास र बजेटकालागि आफुले पहल गर्ने बताए । कार्यक्रमा पुर्व प्रदेश मन्त्री सहसराम यादवले खेल क्षेत्रको विकासमा पालिकाले गर्ने गरको यस्तो कार्यक्रमले बिदार्थीहरुले अवसर पाएको बताए । उनले आफु मन्त्री हुदा यस क्षेत्रको पुर्वाधार र सामाजिक विकासमा धेरै बजेट बिनियोजन गराएको दाबी गरे । सो अवसरमा पालिका अध्यक्ष वलीउद्दीन मुसलमानले थारै सयममा पनि तयारी गरी प्रतियोगीता गरेको बताए । उनले खेलकुद क्षेत्रको विकासकालागि आफनो पालिकाले प्राथमिकतामा राखेको बताए । कार्यक्रममा पुर्व पालिका अध्यक्ष बजरंगी चौधरी, पालिका वाड नम्बर ३ का अध्यक्ष शैलेन्द्र यादव लगायतले शुभकामना मन्तब्य दिएका थिए भने कार्यक्रम संचालन शिक्षा अधिकृत माधव घिमीरेले गरेका थिए । तिन दिन सम्म चल्ने यस प्रतियोगीतामा १६ बिद्यालयका बिद्यार्थी हरुले एथलेटीक्स कवडी तथा भलिवल खेलमा सहभागी जनाउने छन । खेल फागनु १ गते सम्म चल्ने छ ।

Leave A Reply

Your email address will not be published.