महराजगंजका २ थप सय बिपन्नलाई न्यानो कपडा सेट उपहार,बिपन्नको मुहारमा छायो खुशी

105

कपिलवस्तुको महराजगंज नगरपालिकाका थप २ सय बिपन्नलाई न्यानो कपडा सेट उपहार प्रदान गरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यको पहलमा पालिका भित्र रहेका अति बिपन्नको नामावली छनौट गरी ८ हजार बढी मुल्य पर्ने कपडाको सेट प्रदान गरिएको हो । २० दिन अघि २ सय जना बिपन्नलाई न्यानो कपडा बाडिएको थियो । कतार च्यारेटीको सहयोग, समाज कल्याण परिषदको समन्वय र लिडो नेपालको आयोजनामा महारागंज नगरपालिका ९ सेमरी गाउमा सो कपडा सेट बाडिएको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य र कतार च्यारेटीका माहोम्मद वकस, महराजगंज नगरपालिका मेयर अब्दुल कलामले बिपन्नलाई कपडा हस्तान्तरण गरेका थिए । बिभिन्न ८ प्रकारका जाडोमा आवश्यक पर्ने सामाग्रीहरु बिपन्नलाई प्रदान गरिएको थियो । न्यानो कपडाहरुमा कम्मल, फाईबर सिरक, पि फोम, न्यानो तन्ना, पछ्यौरी, थमर्स र तातो पानी रबर ब्याग छन ।

मन्त्री आचार्यले समस्यामा परेका अति बिपन्न परिवारलाई राहत दिने उद्देश्यले आफनो निर्वाचन क्षेत्रमा पर्ने चार पालिकमा न्यानो कपडा बाडिएको बताए । उनले यस क्षेत्रमा सिचाई र रोजागरीकालागि समेत आफुले पहल गर्ने बताए । सो अवसरमा कतार च्यारेटीका कन्ट्री डाईरेक्टर बकासले आफनो संस्थाले यस क्षेत्रमा बिपन्न परिवारलाई सानो सहयोग गरेको बताए । उनले यस्तो सहयोग जारी रहेने बताए । सो अवसरमा लिडो संस्थाका अध्यक्ष तथा पुर्व सांसद अतहर कमालले मन्त्री आचार्यको पलहमा गरिएको यो रचनात्मक काम निकै राम्रो भएको बताए । बिशेषतः महराजगंजका बिपन्न परिवारलाई उपलब्ध गराइएको यो सामान निकै उपयोगी हुने बताए । उनले यस्तो कार्यक्रम जिल्लाभर संचालन गर्नु पर्ने बताए । मेयर कलामले आफनो पालिकामा रोजारी आयआजर्न र सिचाईका लागि पहल गर्न आग्रह गरे । न्यानो कपडाको सेट पाए पछि बिपन्नहरुको मुहरामा खुशी छाएको छ । उनीहरुले सरकारले सबै बिपन्नलाई जाडोयाममा राहत मिल्ने किसिमको सेवा सुबिधा दिनु पर्ने माग गरे । कपडाको सेट पाएर खुशी बनेका महाराजगंज नगरपालिका वडा नम्बर २ बर्गदाका दृष्टिबिहीन अब्दुल मसहुरले पाएको यो सामान आफनो परिवारकालागि अति उपयोगी भएको बताए । उनले यसले जाडोमा आफुलाई निकै रातह मिल्ने बताए ।

b 4
Leave A Reply

Your email address will not be published.