कपिलवस्तुमा कोरोना बिरुद्ध खोप अभियान

89

कपिलवस्तुमा कोरोना बिरुद्ध खोप लगाउने अभियान चलाइने भएको छ । कोरोना संक्रमण फैलन नदिन पहिलो चरणमा जिल्लाको ५ पालिकामा १२ बर्ष माथीकालाई लक्षित गरी अभियान चलाईने भएको हो । अभियान फागुन ३ गते देखि संचालन गरिनेछ । पहिलो पटक लगाउने र बुस्टर डोज लगाउनेलाई समेत खोप उपलब्ध रहेको ईपिक नेपालको सहयोमगा स्वास्थ्य कार्यालयद्धारा तौलिहवामा आयोजित कोरोना खोपकालागि जिल्ला समन्वय समितिको बैठकमा खोप अधिकृत दिवकार महर्जनले सो जानकारी गराएका हुन । अभियानकालागि फाईजर कम्पनीको ३० हजार डोज खोप आएको उनले बताए । कृष्णनगर र महाराजगंज नगरपालिका तथा यशोधरा, मायादेबी र सुद्धोदन गाउपालिकामा छ छ हजार डोज खोप लगाउने योजना रहेको उनले बताए । प्रत्येक पालिकामा छ छ वटा खोप केन्द्र रहने र त्यही स्वास्थ्यकर्मीले खोप लगाउने गरी ब्यवस्था मिलाइएको छ । छिमेकी देश भारतमा कोरोना संक्रमित फेरी देखा पर्न थाले पछि कपिलवस्तुको कृष्ण्ननगर नाकाबाट गत माघ १२ गते देखि खोप लगाउने अभियान थालिएको थियो । प्रजिअ बिश्व प्रकाश अर्यालले शुभाम्भ गर्दै कोरोना बिरुद्ध आफै सेचेत हुनु पर्ने बताए । उनले कारोनाको संक्रमणका बिषयमा नागरिकहरुले बेवास्ता गरीरहेको बेला यो खोप लगाउने वातावरण तयार गर्नु पर्ने बताए । उनले अभियानलाई कार्ययोजना बनाई सबै मिलेर सफल बनाउनु पर्ने बताए । अभियानलाई सफल बनाउन सचेतना अभियान र पहिला पालिका प्रमुख र अगुवाहरुले खोप लगाउनु पर्ने पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले बताए । अभियानको प्रगति पछि जिल्लालाई थप डोज खोप प्राप्त हुने स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरीले बताए । यो खोप पुर्णरुपमा सुरक्षित रहेकाले ढुक्कसंग लागउने पर्ने बताए । जिल्लाका बैेदेशिक रोजगारीमा जादा कोरोनाको भ्याक्सिन लगाएको त्यसमा पनि जन्सन कम्पनीकै खोप लगाएको कागज माग भएको कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखाका प्रमुख उमेश गुप्ताले बताए । सकरभ जोन्सन कम्पनी कै खोपको ब्यवस्था गर्नु पर्ने उनले बताए । पहिले खोप लगाएकाहरुले बुस्टर र नयाले समेत खोप लगाउने ब्यवस्था गरिएको छ ।

b 4
Leave A Reply

Your email address will not be published.