खोरेत रोग बिरुद्ध कपिलवस्तुमा ५० हजार पशुहरुलाई रोग बिरुद्ध भ्याक्सिन लगाईदै

78

कपिलवस्तुमा पशुहरुमा लाग्ने खोरेत रोग बिरुद्ध बृहद खोप अभियान संचालन गरिने भएको छ । भेटेनिरी अस्पताल तथा पशु सेवा बिज्ञको कार्यालयले तौलिहवामा राखेको खोरेत रोग उन्म्ुलन अभियान भयाक्सिनेटर अभिमुखीकरण गोठीमा सो जानकारी गराइएको हो । बिज्ञ केन्द्रका प्रमुख डाक्टर प्रबेज आलमले कपिलवस्तुका १० पालिकामा रहेको ५० हजार पशुहरुलाई खोरेत बिरुद्धको भ्याक्सिन लगाईने बताए । अभियानमा भ्याक्सिन लगाउन ५२ भ्याक्सिनेटर परिचालन गरिने उनले बताए । कृष्णनगर नगरपालिका– ९ मा परिक्षण गर्दा खोरत रोग भएको पशु भेटिएको उनले बताए । जिल्लाको बाणगंगा नगरपालिकामा छ हजार ५ साय, शिवराजमा ५ हजार ५ सय, महाराजगञ्ज, बुद्धभूमि र कृष्णनगर नगरपालिकामा पाँचपाँच हजार, कपिलवस्तुमा ४ हजार ५ सय खोरेत खोप वितरण गरिएको छ । त्यस्तै, जिल्लाको मायादेवी चार हजार ५ सय, शुद्धोधन र विजयनगर गाउँपालिकामा पाँच पाँच हजार र यशोधरा गाउँपालिकामा चार हजार खोप पठाइएको छ । खोप लगाए वापत भयाक्सिनेटरहरुले प्रति पशु १५ रुपियाँ र सफ्टवेयर इन्ट्री गरेबापत रु. १० गरी पच्चिस रुपियाँ पाउनेछन् । भ्याक्सिनेटरहरु कृषकरुको गोठमै गएर निःशुल्क रुपमा खोप लगाइने छ । पशुहरुको खुर र मुखमा लागेर पशुहरु मर्दा कृषकहरुले क्षति ब्यहोर्दै आएका छन । महामारीकारुपमा रहेको खोरेत रोगको नियन्त्रण गरी क्षति न्युनीकरण गर्न सरकारी योजना अनुसार यो अभियान चलाइएको आलमले बताए । ‘ यो रोगले पशुहरु मर्दा कृषकहरुले धेरै घाटा ब्यहोर्दै आएका छन, त्यही घाटा कम गरी कृषकहरुलाई फाईदा पुरेयाउन अभियान चलाएका हौ ’ उनले भने । अभियानकालागि मन्त्रालयबाट पहिलो चरणकालागि ५० हजार डोज खोप जिल्लालाई प्राप्त भई सकेको प्रमुख आलमले बताए । अभियानकालागि थप ५० हजार खोप आउने उनले बताए ।
उनले भ्याक्सिनेटरले सवल, सक्षम र प्रभावकारीरुपमा खोप लागनउनु पर्ने बताए । यस्तै सोही कार्यक्रमका बिच खोरेत रोग एफडिएम तथ्यांक संकलन र एप कार्यान्वय सम्बन्धी तालिम संचालन गरिएको छ । पशुपंक्षी तथा मत्सय विकास निर्देशक लोकराज भुसालले खारेत रोग नियन्त्रणकालागि प्रदेश मै बुहद अभियान ३ बर्ष देखि नै संचालन हुदै आएको बताए । एपमा अुनसुची फारम भर्ने तरिका बारे जानकारी गराइएको थियो । खोरेत रोग लागेका पशुहरुलाई ज्वरो, मुख तथा थुन वरिपरि फोका, खुरको कापमा घाउ, खान रुचि खट्नु, खान नसक्नु, झोक्राउनु, झुसिलो देखिनु, मुखबाट ¥याल काढ्नु लगायतका लक्षण देखापर्ने गरेका छन् । खासगरी खोरेत रोग सिधा सम्पर्क, हावामा फैलिएका जनावरको श्वासप्रश्वास, दुध, वीर्य, दानामा प्रयोग भएको सङ्क्रमित एनिमल प्रोटिनका स्रोतहरुबाट फैलिने गरेको पशु प्राविधिकहरु बताउछन ।

b 4
Leave A Reply

Your email address will not be published.