कपिलवस्तु १३ माघ
पर्यटन प्रबद्र्धन र बिश्व शान्तिको सन्देश सहीत २ सय २५ साईकल यात्रीहरु प्राचिन कपिलवस्तु आएका छन । बुद्ध परिपथ प्रचारप्रसार र पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यकासाथ बुद्ध ज्ञान यात्रामा निस्केका उनीहरु प्राचिन कपिलवस्तु आएका हुन । चर्चित साईकल यात्री पुस्कर शाह सहीत भारतका बिभिन्न शहरहरु, चिन र नेपालका बिभिन्न जिल्लाका साईकल यात्रीहरु यात्रामा सहभागी छन । साईक्लिङ संघ रुपन्देहीको आयोजनामा गौतम बुद्धको अस्तुधातु रहेको नवपरासीको रामग्रामबाट उनीहरुले शुक्रवार यात्रा सुरु गरेका थिए ।
बुद्धको मावली देवद हुदै शुक्रवार साझ उनीहरु कपिलवस्तु नगरपालिका वडा नम्बर ९ स्थित बिश्व सिमसार क्षेत्रमा सुचीकृत जगदीशपुर पुगको थिए । शनिवार बिहान शाक्यहरुको नरसंहार गरिएको सगरहवा हुदै बुद्धको क्रिडास्थल तिलौराकोट पुगका थिए । तिलौराकोटको अवलोकनकाक्रमा कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडल, वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे र कपिलवस्तु साईक्लिङ संघका जिल्ला अध्यक्ष नासिर गौरीले यात्रीहरुलाई स्वागत एवं सम्मान गरेका थिए ।
सोक्रममा रुपन्देही साईक्लिङ संघले समेत मेयर सुदीप पौडेललाई सम्मान पत्र प्रदान गरको थियो । मेयर पौडेलले प्राचिन कपिलवस्तु सहीत बुद्ध परिपथको प्रचारप्रसार गर्ने उद्देश्यले गरिएको बुद्ध ज्ञान यात्रा प्रभाव्कारी रहेको बताए । उनले ओझेलमा परको कपिलवस्तुका बुद्ध स्थलहरुलाई बिश्वम्ँ चिनाउन यसले मद्दत मिलेको बताए । उनले आफुले पनि १५ बर्ष अघि साईकलले मेची – महाकालीको यात्रा गरको स्मारण गर्दै उनले पर्यटकन प्रबद्धनकालागि यो महत्वपुर्ण कार्य रहेको बताए ।
साईकल यात्रीहरु क्रकुछन्द बुद्धको जन्मथलो गोटीहवा र बुद्धले बुद्धत्व प्राप्त गरे पछि आफनो परिवारलार्इृ पहिलो पटक भेटको निग्रोधराम कुदान हुदै शनिवार दिउसो लुम्बिनीमा पुगको छन । बुद्ध ज्ञान यात्राका संयोजक दिनेश आमात्यले आफुहरुले बुद्ध परिपथको प्रचारप्रसारकालागि यो अभियान चलाएको बताए । उनले आफुहरुको यो कार्यले आझेलमा परको बुद्ध स्थलहरुको प्रचारप्रासर हुने बताए ।
रामग्रामम देवदह, कपिलवस्तु लुम्बिनी हुदै रुपन्देही सम्म १ सय ८० किलोमिटर यात्रा तय गरिने उनले बताए । लुम्बिनीमा लुम्बिनी प्रदेशका मुख्यन्त्री दिल्ली बहादुर चौधरीसंग भेटघाट पछि यात्रा सकिनेछ ।