कपिलवस्तु ११ माघ
अत्यधिक जाडो बढे पछि कपिलवस्तुको तौलिहवा स्थित बालगृहका बेसाहरा बालकहरुलाई लत्ताकपडा र खाद्यान्न बाडिएको छ । नेपाल प्रहरी श्रीमति संघको आयोजना र जिल्ला प्रहरी कार्यालयको समन्वयमा उनीहरुलाई न्यानो कपडा सहीत खाद्यान्न बाडिएको हो । संघकी अध्यक्ष लक्ष्मी कुवर सहीतको टोलीले बालगुहका २७ बेसाहारा बालकहरुलाई न्यानो लुगाकारुपमा ट्रायक सुटको सेट हस्तान्तरण गरेकी थिईन । यस्तै उनले खाद्यान्नको सेट नेपाल बाल संगठन कपिलवस्तुका अध्यक्ष गोपालमणि ज्ञवालीलाई उपलब्ध गराएकी थिईन । चामल २ सय केजी, दाल २५ केजी, तेल १० लिटर, बिस्कुट, फलफल र चकलेट समेत प्रदान गरिएको थियो । सो अवसरमा अध्यक्ष कुवरले सामाजिक उत्तरदायित्वकारुपमा आफुहरुले यस्तो काम गर्दै आएको बताईन । उनले आफुहरुको यो सानो उपहारले मानवीय सेवामा थप टेबा मिल्ने बताईन । कार्यक्रममा प्रहरी उपरिक्षक नवरत्न पौडेलले महिला प्रहरी संघले गरेको यस्तो रचनात्मक कामले प्रहरीको नाम समेत उचो हुने बताए । उनले संघले यस्तो कामलाई निरन्तरता दिनु पर्ने बताए । कार्यक्रममा बाल संगठनका जिल्ला अध्यक्ष ज्ञवालीले सरकारले बालगुह संचालनकालागि खासै सहयोग नगरीरहेका बेला जन स्तरबाट आएको यस्तो सहयोगले बालगुह चलेको बताए । उनले बेसाहरा बालकहरुलाई यस्तो सहयोगले थप उर्जा मिल्न उनले बताए । कार्यक्रमा प्रजिअ बिश्व प्रकाश अर्याल, राष्ट्रिय अनुसंधानका उप निर्देशक नरेन्द्र गिरी लगायको सहभागीता थियो ।